आइजिपी हुनलाई कांग्रेस रोज्दै

समाचार

काठमाडौं । एसएसपीबाट डिआइजी भएका प्रतिस्पर्धालाई पछाडि पार्दै राजनीतिक पहुँचको आडमा एआइजी भएका विश्व पोखरेल यतिखेर हैरान भएका छन् । पोखरेल एकवर्ष अगाडि एआइजी बन्न लाग्दा ब्रिफकेश बोकेर एमाले नेताको घरदैलोदेखि सबै राजनीतिक दलका नेताको चाकडी गर्दै आएका थ्एि । उनीसँगैका सहयात्री सहकुल थापा पनि कम पीडामा छैनन् । दुवै एआइजी पहिला बनेर निरीक्षक पदमा प्रवेश गरेका हुन् । उनकै ब्याची धिरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तम सुवेदी, वसन्त पन्थ, ईश्वरबाबु कार्कीलगायत हाल एआइजी दरबन्दी थप्ने र तीन जना एआइजी हुने दौडका मूल प्रतिस्पर्धी छन् । वरिष्ठतालाई हेर्दा विश्व पोखरेल हुन् । तर, उनी प्रहरी सेवाको अधिकांश समय हेडक्वार्टर नछाडेका चलाख प्रहरी भएको कारण उनले हेडक्वार्टर छाडेर गएको भनेको मोरङको कमाण्ड गरेका थिए । त्यो बेला उनी एसपी थिए । एसपी नै हुँदा नै काठमाडौंमा बसेका र एसएसपी हुँदा मोरङ पुगेका थिए ।
मेट्रो प्रहरी र प्रहरी हेडक्वार्टरमा रहेर डिआइजीको कार्यकाल पूरा गर्दै गर्दा एमाले नेतृत्वको सरकारनिकट रहेका थिए । एआइजीको भीड घटाएको कम्युनिस्ट सरकारले हो । एआइजीका पाँच दरबन्दी थप्ने बाटो खोले । यिनकै सिको गर्दै ओली सरकारले सहकुल थापालाई एआइजी बनायो । चुनावमा विश्व पोखरेलबाट खोजेको साथ पाउन नसक्ने आकलन गरी उपत्यका नछाडेको पदीय मर्यादा राख्न पनि शरीरको बनोटले नदिने सहकुल थापालाई चुनाव गराउने आइजिपी बनाउने योजनाअनुरूप एआइजी बनायो । तर, सर्वाेच्च अदालतले एमाले पुनस्र्थापना गरायो । देउवा सरकारको गृहमन्त्री बालकृष्ण खाँड भएपछि एआइजीद्वयलाई कांग्रेसी रूप देखाउन अहिले प्रतिस्पर्धा बढेको छ । तर, देउवा समूह भने प्रहरीको वरिष्ठता मिचेर प्रमका विश्वासी धिरजप्रताप सिंहलाई एआइजीमा बढुवा गरी रातारात आइजिपी बनाउने धुनमा छन् । धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्र धानुक, एआइजी बन्ने निश्चित छ । तर, धानुक पहिला लुम्बिनी प्रदेशको डिआइजी हुँदा बहुमत सांसदहरू मुख्यमन्त्रीको विपक्षमा लाग्दा ३७ जना सांसदको साथ लिएर दोस्रोपटक मुख्यमन्त्री बन्दा विपक्षी सांसदहरूमाथि दमन गर्दाको सजाय भोग्ने अवस्थामा छन् ।
धानुकप्रति अर्थमन्त्री जनार्दन शर्माले सहयोग गर्ने भएका छन् । धानुकलाई एआइजी बनाउने कबोलनामा भएपछि मात्र तीन एआइजीको दरबन्दी थप्न अर्थमन्त्री शर्माले सहमति दिएको बताइन्छ । पहिला एमाले बनेर एआइजी पड्काएका विश्व पोखरेल र सहकुल थापा अहिले कांग्रेस बन्न घर दैलो गर्दै छन् । सरकारले यिनलाई छाडेर तेस्रोपक्ष ल्यायो भने पहिलो जयबहादुर चन्द र नवराज सिलवाल बन्न सक्छन् ।
पूर्वप्रहरी पार्टी खोल्दै
आइजिपी पदबाट अवकाश लिएको छ महिना नपुग्दै अमेरिकी वा बेलायतको राजदूत हुने आश्वासन जसपाका सांसद अपहरण गर्न जनकपुर पुगेका पूर्वआइजिपी सर्वेन्द्र खनाल नयाँ पार्टी खोल्ने तयारीमा छन् । आफ्नै लगानीको पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राजनीतिक दलहरूविरुद्ध लागेका छन् । सर्वेन्द्र खनाल र किसान श्रेष्ठलाई महेश बस्नेतले जनता लकडाउनमा परेका बेला जसपा फुटाउन सहयोग गरेको आरोप लागेको छ ।
खनालका दुस्मन रमेश खरेलले जनता पार्टी खोलेका छन् भने सशस्त्रका पूर्वएआइजी ठाकुर मोहन श्रेष्ठ नागरिक अभियान पार्टीको नाममा युट्युब आन्दोलन चलाउँदैछन् । प्रहरीको एसपी, एसएसपी रहँदा काम पनि गर्थे र तस्कर पनि छाड्थे । बाग्मती प्रदेश प्रहरीको नेतृत्व लिँदा सुन तस्करहरू पक्राउमा परेनन् । नियमले छोडेको सुन कहिले कोटेश्वर कहिले बौद्धमा अपराध महाशाखाको टोलीले पक्रने गर्दथ्यो । यिनै खरेलले सर्वेन्द्र आइजिपी हुँदा डिआइजीबाट राजीनामा दिए । खरेलका सहयोगी पुस्कर कार्की एआइजीबाट अवकाश भए । कार्की, खनाल र खरेललाई त्यो बेला व्यावसायिक प्रहरी मानिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *