सशस्त्रमा सर्वाेच्चको अंकुश

समाचार

काठमाडौं । अर्धसैनिक दल भनेर भन्ने गरिन्छ सशस्त्र प्रहरीलाई । सशस्त्रभित्र बढुवाको ढोका खुल्दै गर्दा गृहले सानाभन्दा ठूला पद थपेर रमिता देखाएको छ । गृहले स्वीकृत गरेको १० जना डिएसपी र निरीक्षक बढुवाको दौडधुपले बढुवा सिफारिस समिति नै सुस्ताएको छ । डिआइजीको पदमा रहेर एआइजी बन्ने र २१ दिने आइजिपीपछि आइजिपी बन्ने धुनमा रहेका प्रदीपकुमार श्रेष्ठको न्यायालय दौड टुंगिएको छ । उनी अवकाश भइसकेका छन् । खड्ग राई, मन्दीप श्रेष्ठले पनि अवकास पाइसकेका छन् । जबकी प्रविणकुमार श्रेष्ठको मुद्दामा प्रधान्यायायाधीश चोलेन्द्रशमशेर जबरा र कुमार चुँडालले २०७८ साउन ८ गते नै अल्पकालीन अन्तरिम आदेशबाट पदमुक्त भएका थिए । तर, प्रत्यासीबाट लिखित जवाफ प¥यो । सर्वाेच्चले पटक–पटक पेसी चढाउँदै आएको छ । सशस्त्र प्रहरीमा एआइजी पुष्पराम केसी, रामशरण पौडेलमध्येको आइजिपी को बन्छ थाहा छैन । दौडधुप दुवैको छ, दुवैजना नुवाकोटे हुन् । दुवैले नेकपाको सरकार हुँदा शैलेन्द्र खनाललाई घोक्रेठ्याक लगाउन एमालेका विष्णु रिजालसम्म धाएकै थिए । खनालको पद जोगिनुको कारण गृहमन्त्रीमा रामबहादुलाई ल्याउनु थियो ।
डिआइजी दरबन्दीमा जान एसएसपी विदुर खड्का, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक दौडधुप गर्दै छन् । उनीहरू सबै नेपाल प्रहरीबाट असई पदमा प्रवेश गरेका हुन् । यीमध्येका विदुर खड्का २०५० साल, लक्ष्मणबहादुर सिंह २०५४, कृष्णराज पाठक २०५४ मा २÷३ महिना अन्तरालमा सई पदमा प्रवेश गरेका व्यक्ति हुन् । उनीहरू २०७७ सालमा एसएसपी भएका हुन् भने उनीपछिका निरीक्षकहरू अहिले कामु एसएसपी भएका छन् । उता एआइजी बढुवा नारायणदत्त पौडेल, राजु अर्याल, वंशी दाहाल, चन्द्रप्रकाश गौतम पनि दौडमा छन् । तर, दाहाल र गौतम एआइजी बन्ने फिगर होइनन् । दाहाल एसएसपी हुँदा वलम्बुस्थिति प्रतिष्ठानमा बस्दा संगठनभित्रकै महिला प्रहरीलाई यौन दूराचार गरेको आरोप लागेको भनिन्छ । उनको जागिर त्यही बेला खोसिन्थ्यो । तर, आइजिपी सनत बस्नेतले बचाएका हुन् । गौतमलाई सानो गौचरणमा कमाण्डर हुँदा रासन काण्ड लाग्यो । उनी प्रदेश २ को कमाण्डर हुँदा आलु ब्याज पक्रने, छोडा, काजु, मरिच छाडेर कुम्ल्याउने बहादुर थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *