गृहमन्त्री खाँड टेन्सनमा, प्रहरीभित्र कमजोर

समाचार

काठमाडौं । नेपाल प्रहरीका आइजिपी शैलेश थापाको मद्दतको फाइदा उठाएर प्रहरीभित्रका चण्डालहरूले गरेको अपराधबाट मुक्ति पाएका छन् । कांग्रेसले कानुनी नियम हेर्दैन, पैसा हेर्छ । बालुवाटारले खोजेको स्वच्छता पैसा हो भन्ने कुरा महानगरीय आयुक्त एआइजी हरि पालको अपराधले छर्लंग पार्दछ । यिनले राज्यलाई जानकारी नदिई तीन जना भारतीयलाई एयरपोर्टबाट आफैले फिर्ता पठाएर भारतीय प्रहरीलाई बुझाएर कति खाए ? गृहले यसको निगरानी गरेन । बालुवाटारले दबायो भन्ने कुरा पाललाई कारबाही नहुनु हो ।
पछिल्लो पटक गृहमन्त्री भएका बालकृष्ण खाँड पनि नरम भए । प्रहरीले शुद्ध खोजेर हुँदैन । निरीक्षकदेखि डिआइजीसम्मले पदीय जिम्मेवारी लिदा संगठनको बद्नाम गर्छन । त्यस्तो बद्नामी गर्न एआइजी हरि पाल, एसएसपी अशोक सिंह, एसपी प्रकाश रानाभाट, एसपी सिद्दिविक्रम शाह, ओमबहादुर राना, श्यामकृष्ण अधिकारी रहेका छन् । उनीहरूले लागुऔषध कारोबारीलाई उन्मुक्ति दिएर जुवाडे मात्र छाडेका छैनन्, चेक काण्डसमेत दबाएका थिए । प्रहरी डिआइजी राजेशलाल कर्णले छानबिन गरेको अशोक सिंह काण्ड पनि दबाइएको छ ।
गृहमन्त्रीले खाँडले आफ्नो मन्त्रालयअन्तर्गतको प्रहरीभित्रको भ्रष्टाचारी र दादागिरी गर्नेलाई कारबाही गर्न सकेनन् । उनी ताक्छन्, बालुवाटार रोक्छ । एआइजी हरि पालको कुमार पौडेल हत्याकाण्ड र भारतीय नागरिकलाई एयरपोर्टमा पक्रेर बुझाएको काण्डले प्रहरी झन्झन् कमजोर बन्दैछ । त्यसो त सोर्सफोर्स हुनेलाई कमाण्डर बनाएका आइजिपी शैलेश थापाले भ्रष्ट एसपी दयानिधि ज्ञवालीलाई बाग्लुङ, शारदा चौधरी डोटी, केदार खनाल, गोरखा लक्ष्मीराज अधिकारी धनकुटा, विमल कँडेल, सिन्धुली पठाएका छन् । एसएसपी दीपक थापा एआइजी विश्व पोखरेलले छानेर खटाएका यी लुटेराले उनीहरूलाई राम्रै बिटो बुझाएको चर्चा नक्साल प्रहरीतिर हल्ली–खल्ली चल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *