नारायणकाजीलाई पार्टी फुटाउन प्रचण्डको चुनौती

समाचार

संसद बैठकले गत आइतबार चर्चित र विवादित एमसिसी प्रस्तावलाई गत आइतबार संसदबाट ध्वनी मतको आधारमा अनुमोदन गरेको छ । संसदले ध्वनी मतको आधारमा एमसिसीलाई अनुमोदन गरेको भए पनि यो प्रस्तावको विपक्षमा रहेका सांसदहरुले आफ्नो फरक मतलाई भने अहिले पनि कायम नै राखेका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सडकमा समेत उत्रिएर एमसिसीको विरुद्धमा नाराबाजी गरेका थिए । र, संसदबाट व्याख्यात्मक घोषणासहित एमसिसीलाई अनुमोदन गर्ने मामिलामा आफ्नो पार्टीले पनि जनाएको सहमतिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति रहेको छ । पछिल्लो राजनीतिक परिस्थितिमा विभिन्न दलका एमसिसी विरोधी नेताहरुलाई समावेश गरेर नयाँ पार्टी गठन गर्ने कसरतमा नारायणकाजी श्रेष्ठ लाग्न थालेको समेत बताइन्छ । आफूपछिको वरियता क्रममा दोस्रो स्थानमा रहेका नारायणकाजी श्रेष्ठले एमसिसीका सम्बन्धमा पार्टीले अख्तियार गरेको नीतिका विरुद्धमा असहमति जनाउँदै अर्को पार्टी गठन गर्ने कसरत गर्न थालेपछि अध्यक्ष प्रचण्डले श्रेष्ठलाई पार्टी फुटाउन सार्वजनिक रूपमा नै चुनौती दिँदै आफ्नो पार्टीका कोही नेता वामदेव गौतम हुन चाहन्छन् भन्ने त्यस्ता व्यक्तिलाई रोक्न नसकिने भन्ने टिप्पणी सार्वजनिक रूपमा नै गरेर नारायणकाजी श्रेष्ठलाई थप आक्रोशित बनाउने काम गरेका छन् ।
संशोधनबिना एमसिसी अगाडि बढ्न सक्दैन भन्ने अडानमा नारायणकाजी श्रेष्ठसँगै माओवादी केन्द्रका लिलामणि पोखरेल, देव गुरुङ, गिरी राजमणि पोखरेल रहेका छन् । यसैगरी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि यथास्थितिमा एमसिसी पास हुन सक्दैन भन्ने अडानमा थिए भने यथास्थितिमा एमसिसीलाई अनुमोदन गर्दा देश व्यापी रूपमा नै आगो बल्ने चेतावनी समेत उनले दिएका थिए । सभामुख अग्नी सापकोटाले एमसिसीलाई अनुमोदन गर्नु पर्ने अवस्थामा आएमा आफू झुण्डिएर मर्ने घोषणा समेत गरेका थिए । लिलामणि पोखरेलले यथास्थितिमा एमसिसीको पक्षमा आएमा माओवादी केन्द्रलाई नै परित्याग गर्नसम्मको घोषणा समेत गरेका थिए । यसैगर िनेकपा एमालेका वरिष्ठ नेता भीम रावलले पनि एमसिसीको अहिले पनि चर्को विरोध गरी राखेका छन् । तर यो मामिलामा उनको पार्टी मौन बसेकाले अब उनी कसरी अगाडि बढ्छन् भन्ने उत्सुकताले जवाफ पाउन सकेको छैन । एमसिसीको चर्को विरोध गरेर क्रान्तिकारी देखिएका यी नेताहरु संसदबाट एमसिसी अनुमोदन भएपछि ठण्डा बरफ बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *