जनार्दन शर्मा ‘घरका न घाटका’

समाचार

काठमाडौं । संगठनमा वर्चश्व छैन, जनतामा प्रभाव छैन । मोहनविक्रम सिंह चिप्लिँदा नेकपा मासल आफैँ खिया लागेको छ । पहिला नेकपा एकताको केन्द्रको कार्यकता सबैजसो माओवादी भएपछि मात्र नेता माओवादी केन्द्रमा सरिक भएका हुन् । पार्टी एकतापछिको यो अवधिमा नारायणकाजी गुटले हरेक ठाउँमा भाग लिएकै छन् । जनताले नारायणकाजीलाई गृह जिल्लामा पत्याएनन् । तर, पनि नारायणकाजीलाई राष्ट्रियसभाको सदस्य बनाइएकै हो ।
एकता केन्द्रबाट आएका प्रष्ट वक्ता लिलामणि पोखरेलले ठाउँ पाएका छैनन् । स्थायी जिल्ला पनि छैन, निर्वाचन क्षेत्र पनि छैन । तर, पत्नी भूमि व्यवस्था मन्त्री भइन । उनी समानुपातिक सांसद थिइन् । नारायणकाजीको टिममा गिरिराजमणि पोखरेल, अञ्जना विशांखे सांसद नै छन् । पोखरेल महोत्तरीबाट निर्वाचित भएका हुन् । तिनै काजीले एमसिसीको विरोध गर्दा देव गुरुङ, यशोधा सुवेदी, रेखा शर्मा, गिरिराजमणि पोखरेलले साथ दिएका हुन् । एमसिसी स्वीकार्न बाध्यताको कडी त एमाले ओली खेमाले नै खेलेर छाडेको हो । जहाँ सरकारले पाउने अनुदान संसदले अनुमोदन गर्नुपर्ने बाध्यता आएको कारण एमालेले गर्दा हो ।
यो सत्य नारायणकाजीलाई थाहा छ । पार्टी भ्रष्ट, सत्ता लम्पसार बन्दा काजीजस्तो आदर्श पुरुषले किन रोकेनन् ? मौका पाउँदा सबैतिर भाग चाहिने, अहिले एमालेका केपी ओलीलाई खुसी बनाउन प्रचण्डसँग घुर्नुको केही अर्थ छैन । ‘काजी जहाँ जान्छन्, त्यहाँ भाँड्छन्’, एक सूत्रले भन्यो । नेकपा मसालले एकता केन्द्रको विभाजन कुनै सैद्धान्तिक लडाइँ दिएन । केवल काजी र मोहन विक्रमको स्वार्थले पार्टी फुटेको थियो ।
माओवादी लथालिंग हुनुमा प्रचण्ड मात्र दोषी छैनन् । काजी पनि दोषी छन् । प्रचण्डको बसाइँ सुख–सयलको छ । काजीको मान्छेको रहन–सहनको ढाँचा शैली सादा जीवन उच्च विचारसँग कति र कहाँ जोडिन्छ ? कार्यकर्ताले हेर्दैछन् । पार्टीमा विचार र सिद्धान्तको लडाइँ हुन्छ । लडाइँमा गुटको स्वार्थ हेरिन्छ र काजीले एमसिसीमा हेरेको त्यही हो । उनले केन्द्रीय समिति बैठकमा दर्ज गर्नुपर्ने कुरा फेसबुकबाट ल्याएर बिग्रेको त्यही हो ।
उता पदाधिकारीका निम्ति आकांक्षी बढ्दै जाँदा माओवादी केन्द्रको बैठक सरेको छ । एमसिसी बैठक लम्बिएको मात्र छैन, वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातजना सचिवका लागि भिडन्त छ । भाग लगाउँदा काजी समूहले वरिष्ठ उपाध्यक्ष र एक सचिव पद पाउँछ भने महासचिव पदमा आंकाक्षी जनार्दन शर्मा असफल अर्थमन्त्री छन् । पम्फा भुसाल, देव गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुनका बीचमा सहमति गराउन अध्यक्ष प्रचण्ड लागेको बताइन्छ । जनार्दनको अर्थमन्त्री पद पनि जाने महासचिव पनि नपाउने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *