ऋषिले मेयर ताक्दा वसन्त तनावमा

समाचार

काठमाडौं । स्याङजा र बागलुङ जिल्लामा पार्टी नेता जोसुकै भए पनि ती धेरै भ्रष्ट नै छन् । घुस बिना कामै नगर्ने माओवादीका दिनानाथ हुन् कि एमालेकी पद्मा अर्याल वा कांग्रेसका साहुजी एवं पुराना खाद्यान्न ठेकेदार गोपालमान श्रेष्ठ यी सबै एकपटक चर्चामा आएका पात्र हुन् । प्रशासनको तल्लो तहदेखि माथिल्लो तहसम्म त्यो आचरणको नेतृत्व तिनैले गरेका छन् जसले गाउँपालिकाको सचिव बनेर कमाएको अकुत सम्पत्तिको फाँटवारी दिन नसक्दा अख्तियारको जालमा परे पनि विशेष अदालतमा परेको मुद्दा चुनाव अगाडि फैसला नहोस् भनेर लागिपरेका छन् ।
भ्रष्टाचार सम्बन्धी मुद्दा सर्वाेच्चमा आठ वर्षसम्म फैसला नगरी राजनीतिक मोर्चामा कांग्रेसका रामचन्द्र पौडेललाई दिने तयारीको साथ तनहुँमा खटेका छन् । जोशीले आफ्नो पक्षका झण्डै दुई हजार कांग्रेसी कार्यकर्ताको क्रियाशील सदस्यतासमेत नवीकरण गरेनन् भन्ने हल्ला चल्यो । तर, स्याङजालीकै बिडो धानेका भ्रष्ट शिरोमणि पदवी दिए पनि हुने ऋषिराम अर्याल टोखा नगर कमिटीको उपाध्यक्ष बनेर टोखाकै स्थानीय युवा नेता वसन्त श्रेष्ठलाई मेयर पदमा उम्मेदवार बन्न नदिने अभियानमा लागेका छन् ।
अर्यालले धापासी गाउँपालिकाकोे सचिव बन्दा सार्वजनिक जमिन भूमाफिया दीपक कुँवरलाई भोगाधिकार दिएर राम्रै रकम असुलेका थिए । कुँवरको लगानीको ग्राण्डी अस्पताल र ग्राण्डी कोलोनीभित्र त्यस्तो जमिन प्रशस्त रहेको छ । त्यो सहमति दिने पनि तिनै अर्याल हुन् । ग्राण्डी इन्टरनेशनल अस्पताल र ग्राण्डी कोलोनीले विष्णुमति खोलाले ओगटेको जमिन कब्जा गरेर खोलालाई कसरी नियनत्रण गरेको छ त्यो हेर्न स्थलगत निरीक्षण गर्दा हुन्छ । उनको निम्ति टोखाको मेयर पदको उम्मेदवारको टिकट दिने भरपर्दा लगानीकर्ता भूमाफिया कुँवर नै हुन् । कुँवरको खेल यहाँ दोहोरो देखिएको छ । एमालेका माफिया नेता ईश्वर पोखरेल उनकै कोलोनीका बासिन्दा हुन् । एमालेले हालकै मेयर प्रकाश अधिकारीलाई नै उठाउने अवस्था छ । अहिले ऋषिराम अर्याल र मेयर अधिकारीको सम्बन्ध राम्रो छ । अर्यालले आफू जित्नभन्दा पनि कांग्रेसका उम्मेदवारलाई छेकेर अधिकारीलाई जिताउन सकेको खण्डमा गाउँपालिकास्तरबाट भएको हिजोको निर्णयले निरन्तरता पाउने आस हुन सक्छ । एमालेका जनप्रतिनिधिले सार्वजनिक जमिन फिर्ता गरी सरकारको कब्जामा ल्याउँदैनन् भन्ने कुरा चुनाव जित्न ल्याइएको सार्वजनिक जग्गा फिर्ताको एजेण्डा कतै पनि कार्यान्वयन नहुनु हो । किनकि चुनावको बेला एमाले उम्मेदवाहरूले मेयर उपमेयरले मात्र होइन, वडाध्यक्षहरू समेत सार्वजनिक जमिनमा केन्द्रित भएको आरोप छ । अर्याल जहाँ सचिव बने, त्यहाँ उनले जमिन कब्जा गरेका छन् । धापासी, टोखा, टोखा सरस्वति, झोर, काभे्रस्थली, धर्मस्थलीजस्ता गाउँपालिकाभित्र सार्वजनिक जमिन संरक्षणमा राज्यले चासो नदिनुको कारण भूमाफियाको पैसाले गर्दा आम्दानीको स्रोत बनाएको आरोप छ ।
कम्युनिस्ट पार्टीका मन्त्रीहरूलाई भूमाफियाले रिँगाउन सहजै सक्छन् । दीपक कुँवरहरू कांग्रेस एमाले दुवै पार्टीका भ्रष्ट नेताका लगानीकर्ता हुन् । कुँवरहरूका कारण एमालेकी पद्मा अर्याल पनि सार्वजनिक जमिन फिर्ता अभियानमा सरिक हुन सकिनन् । उनका श्रीमानकै धन्दा जग्गा प्लटिङ हो । माओवादीकी शशी श्रेष्ठबाट त्यो आस गर्न सकिँदैन । उनले भोगाधिकार पाएका लालपूर्जा नपाएका कीर्तिपुरे जनताको पीडाको सम्बोधन गर्दा ठूलै उपलब्धी मिले झैं गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *