नेपाल प्रहरीमा भागवण्डाको विवाद

समाचार

काठमाडौं । नेपाल प्रहरीमा एआइजी पदको बदनाम भएको छ । कार्यक्षमता र संगठनको मर्यादाभन्दा पनि पार्टीको विश्वास पात्र बनेर भ्रष्टाचारमा साथ दिनेलाई नेपाल प्रहरीको एआइजी बनाएर सत्ता र पावर भिडाएका डिआइजी वसन्त पन्थ र रविन्द्र धानुकको कारण नै कांग्रेस खेमाका ३ एआइजी थप्ने योजना लथालिंग बनेको छ । संगठनको कमाण्ड गर्ने क्षमता नभएका प्रहरीलाई जरुरी थिएन, तर गृहसचिव टेकनारायण पाण्डेको हालीमुहाली चलेको छ । बालुवाटारको आदेशमा गृहसम्बन्धी ज्ञान र क्षमता नभएका पाण्डेलाई कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दिएको आदेशअनुसार तीन एआइजी दरबन्दी थप गरेको थियो । ऐन नियमको ख्याल नगरी बालुवाटारको आदेशमा गृहमन्त्री टेकनारायण पाण्डे झमेलामा परेका हुन् । जबकि डिआइजीबाट एआइजीको बढुवामा वरिष्ठतालाई विशेष महत्व दिइन्छ । तर, यसपटक गृहमन्त्री बालकृष्ण खाँणले अर्थमन्त्री जनार्दन शर्माको अडान स्वीकार गर्दासम्म विवाद थिएन । तर, अर्थमन्त्री शर्माले प्रहरीभित्र बदनाम भएका रविन्द्र धानुकलाई एआइजी नदिने भए अर्थबाट एआइजी बढुवाको अनुमोदन नगर्ने पक्षमा अर्थमन्त्री शर्मा लाग्दा गृहमन्त्री बालकृष्ण खाँणले धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको अडान लिए । यो योजना एक÷दुई दिनमा सम्पन्न हुन्थ्यो भने अहिले विादमा पर्ने थिएन । समय बित्दै गयो, पूर्व गृहमन्त्री भएको हिसाबले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आफ्नै गृह जिल्लाका वसन्त पन्थलाई एआइजी बनाउने अडान लिए ।
संयोगवश पन्थ आइजिपी शैलेश थापाको समकालीन भएकाले वैशाख १८ गते अवकासमा जाँदैछन् । एक महिने एआइजी बनेर जीवनभर राज्यको तर्फबाट वरिष्ठताको सुविधा लिने दाउ पन्थको थियो । आइजी शैलेश थापालाई मान्य भएन । बढुवा सिफारिस समितिको सचिव भएका हिसाबले ािमति जनाए । तर, कांगे्रस सत्तामा पुग्छ अनि सशस्त्र प्रहरी, गुप्तचरलाई आतंकित बनाउँछ । अहिले धिरजप्रताप सिंह विवादरहित नहुँदा पनि बढुवाको सूचीमा त पाँचौ नम्बरमा भएको रहस्य खुल्यो । सिंह, धानुक र सुवेदीको हकमा पनि वरिष्ठताको विवाद आउने गर्दथ्यो । तर, यहाँ वसन्त पन्थ र रविन्द धानुक नै बाधक बने । पन्थ वैशाख १८ मा अवकाशमा जाँदै थिए । धानुक लुम्बिनी प्रदेशको तत्कालीन सत्तामाथि भर परेर अल्पमतको सरकारको मुख्यमन्त्री शंकर पोखरेलको सहयोगी बनेपछि कांग्रेसी सांसदले विरोध गरेका थिए । उनी आफैँले महिला सांसदलाई हातपात गरेको आरोप थियो ।
अहिले वरिष्ठ डिआइजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्की लोकसेवामा उजुरी दिन पुगेका छन् । लोकसेवाले नेपाल प्रहरीभित्रको यो गञ्जागोल हेर्नुपर्ने अवस्था छ । यो हस्तक्षेपले नेपाल प्रहरीलाई एआइजी बढुवामा त असर प¥यो नै, अझ वरिष्ठताको आधारमा आइजिपी बन्नेपालो भएका विश्वराज पोखरेललाई छेक्न कांगे्रसले चालेको हिम्मत आफ्नै लागि पासो बनेको छ । कांग्रेसले कति समयसम्म यस्तो अपराध गर्छ नेपाल प्रहरीले प्रतिक्षा गर्दैछ ।
कांग्रेस पार्टीले वरियतामा पाँचौं नम्बरका धिरजप्रताप सिंहलाई एआइजी बनाएपछि डिआइजीबाट एआइजी सिफारिस गर्दै सिलवाल काण्ड मच्चिएजस्तै भएको छ । घनश्याम अर्याल र प्रकाश अर्याल डिआइजी ईश्वरबाबु कार्की उग्र भएका छन् । उनी सर्वाेच्चसमेत जाने तयारी रहेको बताइन्छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *