माओवादीलाई चाहियो थप अर्को मन्त्रालय

समाचार

नेपाली कांग्रेसलाई आफ्नो राजनीतिक रोडम्याप अनुसार चुनावी गठबन्धनका ल्याउन सफल भएसँगै माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदको उपस्थितिको आधारमा मन्त्री पदको भागबण्डा हुनु पर्ने भन्दै माओवादी केन्द्रलाई कम्तीमा पनि एउटा मन्त्रालय थप हुनुपर्ने माग प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गरेका छन् । संसदमा अहिले ४८ स्थान रहेको माओवादी केन्द्रले ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिराखेको छ । यसैगरी संसदमा २३ स्थान रहेको एकीकृत समाजवादीको भागमा पाँच वटा मन्त्रालय रहेको छ । संसदमा १९ स्थान रहेको जनता समाजवादीले चार वटा मन्त्रालय पाएको छ । नेकपा एकीकृत समाजवादी भन्दा आफ्नो पार्टीको सांसद संख्या दोब्बर भन्दा बढी भएर पनि मन्त्रालय भने एक मात्र बढी आफ्नो पार्टीको पक्षमा रहेको तर्क गर्दै माओवादी अध्यक्ष प्रचण्डले तत्काल मन्त्रिपरिषद पुनर्गठन गरेर आफ्नो पार्टीलाई कम्तीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिनु पर्ने माग प्रधानमन्त्री देउवा समक्ष गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनलाई लिएर आचार संहिता चाँडै नै लाग्ने उल्लेख गर्दै भारत पर्सि १८ गते भारत भ्रमणमा निस्किनु अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माओवादी केन्द्रलाई दिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । स्थानीय निर्वाचन सम्पन्न भएर परिणाम आएको लगत्तै जेठ २० गते बस्ने माओवादी केन्द्रको केन्द्रीय कार्य समितिको बैठकले पदाधिकारी समेत चयन भएकाले पार्टीका एक जना शीर्ष नेतालाई सरकारमा पठाउँदा आफूलाई पदाधिकारी चयन गर्न केही सहज हुने विश्लेषण गर्दै माओवादी अध्यक्ष प्रचण्डले तत्काल मन्त्रिपरिषद विस्तार गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री देउवा माथि दवाव बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *