गाली नीतिमै एमाले र समाजवादी

समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दास र हनुमान बन्न नसकेका माधव नेपाल, झलनाथ खनालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि सुरू भएको आरोपप्रत्यारोप चुनावी एजेण्डा बनेको छ । एमाले नेतृत्वले पार्टी विभाजनको अंश कतै देखेको छैन । जिल्ला तहमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ता पनि गठबन्धनको बलमा चुनाव जित्ने दाउमा छन् । तर नेकपा एमाले बरू कांग्रेस र माओवादीले चुनाव जितुन्, नेकपा एसले टाउको नउठाओस् भन्दै छ । सर्पको खुट्टा देखेजस्तै एमालेको ओली खेमाले लिपिबद्ध गरेको नेकपा एमालेलाई हराउन सक्छ । घमण्ड र अहंताले सत्यनाश आफैंलाई पार्दछ ।
नेपालमा वामपन्थी शक्तिलाई एकजुट हुन नदिने कुरामा प्रतिगामी यथास्थितिवादी शक्ति एक छन् । वामपन्थीविरुद्धमा कांग्रेस, राप्रपा र मधेसवादी एक छन् । तर झण्डै ६० प्रतिशत मत भएको वामपन्थी शक्ति छिन्नभिन्न भएको छ । माओवादीका नेता सबै धन कमाउन लागेका छन् । २०४८ सालदेखि संसदीय मोर्चामा भएको एमालेका अधिकांश नेता नवधनाढ्य भएका छन् । एमालेका नेताले स्वदेशको श्रम, सीपको भन्दा विदेशी एनजिओ र आइएनजिओको भर पर्छन् । पैसा जहाँबाट आउँछ त्यहाँ कम्युनिस्टले ध्यान दिन थालेका छन् । मौकामा नेपाली कांग्रेसले चुनाव जित्ने आशा गर्नु नौलो ठानिँदैन ।
एमाले र समाजवादीको कार्यक्रम र नीतिमा भिन्नता छैन । गुटको कारण ओली पक्षमा लागेका र कमाइ गरेकाहरू माधव पक्षमा लागेका कार्यकर्ताविरुद्ध पाँडे गाली गरिरहेका छन् । सैद्धान्तिक बहस छैन । पैसाले मात्तेका ओलीले आफ्नो सेवा सत्कार गर्नेलाई नै मन पराउने निष्ठा र त्याग लत्याएर दलालीको जमात बढाउने गरेका छन् । तर माधव र झलनाथको भड्किलो सभा समारोहमा छैन । गाली भने राम्रै गर्ने गरेका छन् । एमाले जहाँ छ त्यहाँ समाजवादी भएको कुरालाई लत्याउन हुँदैन । किनकि, २०५४ सालमा एमाले विभाजन हुँदा तत्कालीन मालेले प्रतिनिधिसभामा एक सिट पनि जितेन, तर राष्ट्रिय पार्टी भने भएको थियो । त्यही फुटले एमााले ६८ सिटमा खुम्चिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *