समाजवादी र माओवादीको मोर्चा खोइ ?

समाचार

काठमाडौं । नेपाली कांग्रेसजस्तो विवेकहीन र गुण छाडा पार्टीको विश्वासमा माओवादी र समाजवादी छन् भने यी दुई दलले स्थानीय चुनाव मात्र होइन संघीय र प्रदेशको चुनावमा जनमत आफ्नो पक्षमा छँदाछँदै पनि राम्रो स्थान लिने छैनन् । भारतले एमालेको ओली ब्राण्डकै सपोर्ट लिएको छ । भारतीय संस्थापनलाई दिल्ली र पञ्जावमा अरबिन्द केजरीवालले सवक सिकाए । जनताको रोगभोकभन्दा धर्मलाई आधार बनाएको भारतीय जनता पार्टीले योजना नयाँ ल्याएर जनताको दुखमा साथ दिएर बहुमत ल्याएको छैन । कांग्रेस आई र बंगालको कम्युनिस्ट नेतृत्वको ढंग नपुगेको अवस्थाको कारण मात्र हो । राम्रो कामको लागि माक्र्सवादी र माओवादी बन्नु पर्दैन ।
कांग्रेसको साथमा माओवादी र समाजवादी पुग्नुको कारण कम्युनिस्टको नाउँमा एमालेको केपी ओली कम्पनीले फैलाएको भ्रष्टाचार थियो । राष्ट्रपतिसमेत त्यसको शिकार भएको अवस्था थियो । संविधानको पालना नगर्ने आफ्ना योजना लागू गर्दा पार्टीमा सामूहिक छलफल नगर्ने ओलीको घमण्डको कारण कम्युनिस्ट एकता भड्कियो । अदालत लगाएर नै पार्टी विभाजन गराइयो । जुन न्यायाधीश कांग्रेसका खाटी थिए । एकीकृत पार्टी फुटाएर कांग्रेसलाई ठूलो पार्टी बनाउने डिजाइनमा भारत थियो । तर पछिल्लोपटक शेरबहादुर देउवा नै प्रधानमन्त्रीका दाबेदार थिए भन्ने कुरामा भारतीय जासुसहरूले स्वीकार्न बाध्य भए ।
कांग्रेसमा डा.शेखर कोइरालाले सभापति जितेका हुन्थे भने माओवादी र समाजवादीको सत्ता भारतले भत्काउन सक्थ्यो । किनकि, डा. कोइरालालाई अहिले पनि भारतले परिचालन गरेको छ । महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङको उभौलो शैलीबाट त्यो कांग्रेसले चुनावमा बहुमत ल्याउने सम्भावना छैन । किनकि, दुवै पात्र मौका पर्दा के गर्थे भन्ने कुरा जनताले राम्रैसँग बुझेका छन् । तरूण दलमा रहँदा रातो पासपोर्ट बेच्ने र भ्रष्टाचार र सुशासनको कुरा चर्काएको सुहाउँदैन । न त गगन थापाले नैतिकवानको पगरी गुथ्नसक्ने ठाउँ छ । लुकेका परिघटना खोतल्ने समय अहिले आएको छ । कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने यिनै नेताहरू हुन्, जसले २३ सिटको कांग्रेसलाई माओवादीले सत्तामा पु¥याएको हेक्का राखेन । मोर्चाका लागि एमालेबाहेकका दलहरू एक भए पुग्छ । एमाले भएका ठाउँमा समाजवादी छ । नेकपा मसाल र नेमकिपा भएका ठाउँमा माओवादी बलियो छ । बाग्लुङ र प्युठान, अर्घखाँचीजस्ता ठाउँमा मसाल छ । त्यहाँ समाजवादीभन्दा माओवादीको मत ठूलो छ । झापामै केपी ओलीलाई ठाउँको ठाउँ हराउन सकिन्छ ।
तर मोर्चाको घोषणा र चुनावी सभाको प्रबन्धमा ढिलाइ गर्न हुन्न । एमालेविनाको वाम गठबन्धन बन्न सक्छ । राष्ट्रिय समस्यामा कम्युनिस्टहरूको मत मिल्न पुग्यो भने ओलीको दम्भले सजाय पाउँछ । नेताहरू आफ्नो स्थान सुरक्षित गर्नलाई जोड दिइरहेएका छन् । तर गठबन्धनमा गम्भीर चासो देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *