सुरक्षा समूहमा वरिष्ठताको खोजी सशस्त्रका डीआईजी गिरी तस्करी चलाउँदै

समाचार

काठमाडौं । राजनीतिक दलको विश्वास र नेताको चाकडीले थिलोथिलो भएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठता, ज्येष्ठता र योग्यतासँगै कार्यक्षमताको खोजी हुँदै छ । गृह मन्त्रालयको भागबण्डाका आधारमा नेपाल प्रहरीमा डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेपछि प्रहरीमा ज्येष्ठतालाई आधार बनाएर प्रकाशजंग कार्की, ईश्वर कार्की, घनश्याम अर्यालले लोकसेवा आयोगमा उजुरी दिएपछि सत्ता भागबण्डामा एआईजी बनेका वसन्त पन्थ, रवीन्द्र धानुकर, धिरजप्रताप सिंहको सपना हावासरी भएको छ ।
नेपाल प्रहरीले यो विद्रोहको सामना गर्दै छ । आईजीपी शैलेश थापा अवकाश पाउने बेलामा संगठनको ठालुहरूको चेपुवामा परेका छन् । संगठनको तल्लो तहका जवान, हवल्दार, वरिष्ठ हवल्दारजस्तो पदमा बढुवा भएका प्रहरी बीचमा भने हौसला थपेको छ । प्रहरी नै सुरक्षाको विश्वासिलो आधार मानिन्छ । तर राजनीतिक रूपमा प्रहरीलाई कांग्रेसले भगिनी संगठन बनाउने गरेको प्रमाण यसपटक वरिष्ठता मिचेर छैटौं र सातौं, आठौं नम्बरका डीआईजीलाई एआईजी बनाउने जुन तयारी भयो त्यसले प्रहरीमासमेत राजनीतिक गन्ध छ ।
उता सशस्त्र प्रहरीमा चैत २८ गते अवकाशमा जान लागेका आईजीपी शैलेन्द्र
खनाल कहिले जालान् र २१ दिन डीआईजी बनेर शान देखाउन पाइन्छ भनी अभियानमा लागेका एआईजी पुष्परामले सकेसम्म शैलेन्द्र खनाललाई वर्षदिन अगाडि नै खेद्ने चाहना राखेका थिए । त्यहीबेला केपी ओलीको सरकारलाई ब्रिफकेस बुझाउन तयार भएका केसी २१ दिने आईजीपी बन्ने धोको छ । वरिष्ठताका आधारमा आईजी पाएपछि सशस्त्रको संगठनलाई कस्तो योगदान देलान् ?
जबकि, उनी पछिका आईजीपी राजु अर्याल र नारायणदत्त पौडेलका बीचमा प्रतिस्पर्धा हुनेछ । पुष्पराम र रा।मशरणजस्तो घृणाजन्य छैन । त्यहाँ गफाडी नम्बर वान चन्द्रप्रकाश गौतम र विवादमा धेरै परेका वंशी दाहाल पनि डीआईजी छन् । नेपाल प्रहरीको जस्तो घिनलाग्ने त्यहाँ छैन । यसैबीच प्रदेश १ का डीआईजी कमल गिरी गएको ७ महिना नबित्दै उनी तस्करी खुला गरेर कमाउ धन्दा चलाउन चाहन्छन् । भोजपुरे कांग्रेसी नेता ज्ञानेन्द्रबहादुर कार्कीको सेवक बनेका डीआईजी गिरीको निवासमा कांग्रेसको बैठक बस्ने, भोज खाने सामान्य हो । तर तस्करीको लाइन खोलेर गिरीले कमाउन थालेपछि बदनाम हुन नचाहने जिल्ला कमाण्डरहरू डीआईजीसँग आक्रोशित भएका छन् । सुनसरीमा माधव पौडेलपछि मोरङमा विक्रम हुमागाईं एसपी छन् । उनी तस्करी खोलेर कमाउने पक्षमा छैनन् । त्यसैले डीआईजीले आफ्ना दलालहरूलाई नाकाहरूमा खटाउन थालेका छन् । तस्करका कुरा नसुन्ने प्रहरीका अधिकृतमाथि डीआईजी गिरीको दबाब बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *