प्रहरी संगठनभित्र माफिया तस्करको जाल

समाचार

काठमाडौं । आगामी वैशाख ३० गते स्थानीय चुनावसँगै संघीय र प्रदेशको चुनाव मंसिर र पुसभित्र चुनाव गर्नुपर्ने हुन्छ । सुरक्षा निकायका दुबै प्रहरी संगठनमा आईजीपीले अवकाश पाउँदैछन् । भावी आईजीपी बन्नको लागि विभिन्न शक्ति केन्द्र धाएका छन् । आईजी बन्नलाई दौडधुप पनि चलेको छ । तर राजनीतिक पार्टीभित्र भन्दा पनि अन्य खेमा पनि दुबै संगठनको भावी आईजीपी कसलाई बनाउने खेलमा मोलतोल गरिरहेको छ । नेपाली राजनीतिक दलका नेताले भन्दा पनि सम्भावना निकै कम छ । प्रहरी संगठनभित्र विभिन्न खेमाका व्यक्तिहरु छन् । संगठनलाई एउटा समुह चलायमान बनाउन खोजिरहेको छ भने एउटा समूह विभिन्न राजनीतिक दलको नेताको चाकडी गरेर नेताको घर घरमा कोसेली पु¥याएर आईजीपी हुने लाइनमा रहेका छन् । एउटा समूह राजनीतिक दलको नेता भन्दा पनि एउटा खेमा व्यापारी तस्कर माफियादेखि विदेशसम्मको सञ्जाल चलाए या माफियालाई फाइदा हुने र माफियाबाट आफु पनि कमाउने, माफियालाई, तस्करीलाई सहयोग गर्ने खालका व्यक्तिहरुको सुरक्षा निकायको भावी आईजीपी बन्ने लाइनमा दुबै प्रहरीभित्र दौडधुप चल्दै छ । यस्ता विषयमा राजनीतिक दलका नता देखि गृहमन्त्री सम्मले भावी आईजीपी राम्रो, कुशल, इमान्दार व्यक्तिलाई आईजीपी बनाउन लागेका छन् । तर, यस्ता विषयमा राजनीतिक दलका नेतादेखि गृहमन्त्री सम्मले भावी आईजीपी राम्रो, कुशल, इमान्दार व्यक्तिलाई बनाउनुपर्ने आवाज दुबै संगठनभित्र उठ्ने गरेको छ । प्रहरी संगठनले अहिलेसम्म कुशल, क्षमतावान आईजीपी पाउन नसकेको, खाली राजनीतिक दलभित्रको आसेपासे या व्यापारी माफिया तस्कर या विदेशीको इशारामा चल्ने खालका व्यक्ति प्रहरी संगठनको आईजीपी भएको उदाहरण प्रहरी भित्रबाट गुनासो आएको छ । वास्तवमा दुबै प्रहरी संगठनभित्र अहिलेसम्म स्वच्छ र इमान्दार आईजीपी नभएको दुबै प्रहरी संगठनमा गुनासो उठ्ने गरेको छ । यस्तो खालको परिपाटी नेपाल ष्प्रहरी र सशस्त्र प्रहरीभित्र चल्दै आएको एक उच्च प्रहरी स्रोतले बताएको छ ।
वास्तवमा माफिया तस्कर र व्यापारीले प्रहरीलाई प्रयोग गरेर माफिया र तस्करले खेल्ने गरेका छन् । राजनीतिक दल पार्टी नजिक रहने नेताको चाकडी गरेर राजनीतिक दलका नेतालाई चुनाव खर्च दिने र सो खर्च वापत सोधभर्ना असुल गर्दा प्रहरी संगठन विवादमा पार्ने र जागिर खाएर अवकाश हुने अवस्थासम्म आईजीपी भए वापतको खर्च उठाउन लागिपर्ने गरेका छन् ।
नेपालको शान्ति सुरक्षाको लागि खटिने प्रहरीलाई संगठन भित्रैबाट विरोध गर्ने विभिन्न उच्च निकायका प्रमुखलाई चाडपर्व दशैंतिहार, छठपर्वमा खामबन्दी र सोमरसको व्यवस्था प्रहरी प्रमुखले नै गर्नुपर्ने आरोप छ । प्रहरीका आईजीपीले गर्नुपर्ने काम कर्तव्य वास्तवमा दुबै प्रहरी संगठनले गर्न सकेका छैनन् । कार्यक्षमता र दक्षताको आधारमा आईजीपी पाउन नसके सबैतिर राजनीतिक हस्तक्षेप र तस्करको हस्तक्षेप विदेशीको हस्तक्षेपको कारण संगठनले आईजीपी राम्रो पाउन नसकेको गुनासो दुबै प्रहरी संगठनमा चल्ने गरेको छ । आगामी चुनावलाई ध्यानमा राखेर कसलाई आईजीपी बनाउने हो, कसले कति चन्दा दिनसक्छ यदि तत्काल नदिए पनि आइृजीपी भएको भोलिपल्टबाट पार्टीलाई सहयोग, नेतालाई सहयोग, व्यापारी तस्करीलाई साथ दिनुपर्छ । यदि यस्ता व्यक्तिक्तलाई सहयोग नगरे विभिन्न उच्च निकायबाट फोन आउने, दबदबा खेप्नुपर्ने हुन्छ । प्रहरीले विभिन्न राजनीतिक दलका नेता, पार्टीका अध्यक्षले भनेको मान्नुपर्ने जस्ता समस्याले प्रहरी संगठन भ्रद्रगोल भएको छ । प्रहरी संगठनलाई चलायमान बनाउन संगठनभित्र सबै प्रहरीलाई गोलबन्दी गरेर संगठनको काम र कर्तव्य के हो, संगठनलाई कसरी मजबुत बनाउने, प्रहरीलाई कसरी उत्साहित पार्ने, संगठनभित्र प्रहरीलाई के कस्तो समस्या परेको छ यसको समाधान खोज्नेतिर प्रहरी लाग्नुपर्दछ । तर आपतविपद पर्दा सहयोग गर्ने भन्दा पनि दुबै प्रहरी संगठनमा गुट बनाउने, एकले अर्कालाई पोल खोलाखोल गर्ने, दु्बै प्रहरीमा सोर्सफोर्सको आधार नहुने, चाकडी चाप्लुसी नगर्ने, सँधै सुरक्षाको लागि गस्ती गर्ने, चोर पकेटमार, लागुऔषध, बलात्कारी, ज्यानमारा पत्ता लगाएर ल्याउने व्यक्तिको प्रहरीभित्र प्रमोशन हुने गरेको छैन । जबकी यसको विपरीत गर्ने र केही कार्यक्षमता नभएकाहरुको प्रमोशन हुने गरेको छ । प्रहरी भित्र पनि एसपी, एसएसपी, एआईजीपी, डीआईजीले गुट चलाउने गरेका छन् । यदि यस्तो गुट प्रहरी संगठनभित्र नचल्ने हो भने निष्पक्षता भएर प्रहरीभित्र यस्तो भद्रगोल हुने थिएन । नेपाल प्रहरीले भए गरेका घटना तुरुन्त पत्ता लगाएर कारबाही गर्न सक्ने थियो । तर नेपाल प्रहरीभित्र व्यापक रुपमा भ्रष्टाचार मौलाएको छ । प्रहरी नै पीडित भएका छन् । प्रहरी भित्र जतिसुकै राम्रो गरेता पनि प्रहरी भित्र एउटा गुटले अर्काे गुटको प्रहरीलाई प्रयोग गरी खाने चलन चल्दैछ । प्रहरीभित्र जागिर खानेको आकर्षण पनि घट्दै गएको प्रहरीको भनाई रहेको छ । प्रहरीमा जागिर खाएर महिना भरी चिया चुरोट खान पनि पुग्दैन । रासनपानी र बस्नको लागि सुविधा भएपनि हाकिमको चाकडी गर्न नसक्दा कार्यालयभन्दा बाहिर बस्न रमाउने गरेका छन् ।
प्रहरी संगठनभित्र सिपाही, हवल्दार, असई तथा सई सम्मले ठुलाठुला हाकिमको पेलाईमा पर्नुपर्ने, हाकिमको घरदेखि अफिससम्म काम गर्नुपर्ने, दिनरात डिउटीमा खटिनुपर्ने, हाकिमले भनेको मान्नुपर्ने, चाकडी गर्नुपर्ने जस्ता विषयमा असन्तुष्टी प्रहरीभित्र भएको बताइन्छ । यसपाली दुबै प्हरी संगठनले कस्तो खालको आईजीपी पाउँदैछ ? दुबै प्रहरीले भावी आईजीपी राम्रो, कुशल र क्षमतावान पाउँछ कि पाउँदैन हेर्न बाँकी छ । राजनीतिक दलले संगठनलाई खेलौना बनाएको, माफियाले प्रयोग गरेको, विदेशीले प्रयोग गर्ने गरेको, विदेशीको चाकडी नगरे जागिर खान हम्मे पर्ने जस्ता कारणले प्रहरी संगठन बद्नाम भएको आरोप संगठनभित्रैबाट आउने थालेको छ । प्रहरीभित्र सिनियर जुनियर, कार्यक्षमता भन्दा पनि चाकडी, चाप्लुसी, भ्रष्टाचारी, माफियाको संरक्षण गर्ने व्यक्ति हावी भएको जस्तो आरोप प्रहरीलाई लाग्ने गरेको छ । प्रहरीले गर्नुपर्ने काम गर्न नसकेको समयअनुसार विभिन्न राजनीतिक दबाब, तस्करको दबाब, माफियाको दबाब, व्यापारीको दबाबले बेला बेलामा प्रहरीले आत्महत्यासमेत गर्नुपरेको गुनासो प्रहरीभित्र चल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *