केपी ओली झापामै असुरक्षित

समाचार

काठमाडौं । गएको चुनावमा देशभर वाम गठबन्धन भएको थियो । तर केपी शर्मा ओलीको गृह जिल्ला झापामा भिन्न अवस्था बन्यो । बाम गठबन्धनलाई समेत अप्ठेरो पर्ने समस्या थिए राधाकृष्ण मैनाली र सिपी मैनाली । देवी ओझाको मत पनि पराजित गराउन काफी थियो. । अहिले एमालेलाई खतरा भएको छ । केपी ओलीले राप्रपाका राजेन्द्र लिङ्देनसँगको गठबन्धनले चुनाव जिते र जिताए । कांग्रेसका कृष्ण सिटौला पनि पराजित भए । राजेन्द्रले सिटौलालाई हराएका थिए । त्यो क्रम अझपनि कायम छ । स्थिति अहिले झन् फरक छ । चुनाव हो हराउन सहज हुन्छ । झापामा कमल थापाको पनि उपस्थिति राम्रै छ । पहिला कांग्रेससँग गठबन्धन गरेको राप्रपाले झापामा एमाले अर्थात वाम गठबन्धनसँग मिल्यो । अबको चुनावमा एमाले एक्लै सबैतिर चुनाव जित्छु भन्छ । तर अध्यक्ष ओलीको उल्कादशामा आरके मैनाली, सिपी मैनाली, देवी ओझा, मोहनचन्द्र अधिकारीजस्ता वृद्ध नेताहरु गणनामा परेका छैनन् ।
अध्यक्ष ओलीले चुनावी माहोल मेरै हुन्छ भन्दैछन् । राप्रपाका ३ वटै टिम उनको गठबन्धनमा जोडिँदै छ । तर केपीको ४१ महिने सरकारको पालामा कोरोनाको महामारीको बेला भोको पेट नांगो खुट्टा हिँडेका लस्कर पनि यतिबेलाको भिडियो भाइरल बनाइँदैछ । ओलीको भाषण चर्का छन् । कुनै नीति, सिद्धान्त, कार्यक्रम, विचार, योजना छैन । केवल विभिन्न आरोप र गालीगलौच मात्रै छ ।
नेकपा एमालेको संगठन भत्केको छ । विभाजनको असर धैरै देखिएको छ । तर नेताहरु बोल्दा सत्य कुरा बोल्दैनन् । वामपन्थी भड्काउँदा कांग्रेसलाई फाइदा पुग्छ । कांग्रेसभित्र डा.शेखरको किचकिच बढी छ । एक्लो घमण्ड तोड्न कठिन छैन । शेरबहादुर देउवा, रामचन्द्र पौडेल मात्र छैनन्, प्रकाशमान सिंह, कृष्ण सिटौलासमेत एक ठाउँमा छन् । अबको दिनमा केपी ओलीले सोचेजस्तो छैन । झापामा माओवादी पनि बलियो बन्दैछ । केपी ओलीले झापाको नरेश खरेललाई समेत केन्द्रीय सदस्य बनाएनन् । मेडिकल माफियाले पैसा खर्च गर्लान् तर जनताले पत्याउँदैनन् । ओलीले घमण्ड देखाएर फाइदा छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *