गठबन्धन भित्र घम्साघम्सी

समाचार

काठमाडौं । सरकरको नेतृत्व गरी राखेको र आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लिएर सत्तारुढ गठबन्धनको तर्फबाट नेतृत्व गर्ने नेपाली कांग्रेसले ६ वटा महानगरपालिकामा गठबन्धनमा रहेका दलहरु मिलेर लड्ने निर्णय गरेपछि काठमाडौं, ललितपुर, पोखरा, विरगञ्ज, भरतपुर र विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारको भाग कसरी भाग लगाउने भन्ने विषयमा विवाद अहिले गठबन्धन भित्र चर्किएको छ ।
गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको ललितपुर महानगरपालिकको मेयरमा आफूले नै दोहो¥याएर उम्मेदवारी दिन पाउनु पर्ने दाबी गर्न थालेको छ । यसैगरी नेपाली कांग्रेस भावना जोडिएको विराटनगर महानगरपालिकामा पनि आफूले नै उम्मेदवारी दिन पाउनु पर्ने दाबी नेपाली कांग्रेसले गरेको छ । यो दाबीलाई बलियो बनाउन कांग्रेसले सम्पन्न स्थानीय निर्वाचनमा पनि आफूले विजय प्राप्त गरेको नजिर गठबन्धनमा अगाडि सार्ने गरेको छ । अन्य दलहरुको भन्दा आफ्नो संगठन मजबुत भएकाले पोखरा महानगरपालिकामा पनि आफूले नै मेयरमा उम्मेदवारी दिन पाउने दाबी नेपाली कांग्रेसको रहेको छ । काठमाडौं महानगरपालिका मुलुकको राजधानी समेत भएको कारण यहाँको मेयरको उम्मेदवारी कांग्रेसले नै पाउनु पर्ने जिकिर यो पार्टीका नेताहरुले गरी राखेका छन् । यस बाहेक संगठनको दृष्टिले आफ्नो पार्टी मबजुट भएकाले विरगञ्ज महानगरपालिकामा पनि आफूले नै मेयरमा दाबी गर्नु योजना कांग्रेसको रहेको छ । भरतपुर महानगरपालिकामा मेयरका लागि उम्मेदवारी दिन पाउनु पर्ने दाबी नेपाली कांग्रेसले सबभन्दा प्रमुखताका साथ उठाउने गरेको छ । कांग्रेसका नेताहरु ६ वटै महानगरपालिकको मेयरमा आफ्नो पार्टीले उम्मेदवार दिन पाउनु पर्ने दाबी गर्दै गर्दा उपमेयर लगायतका वडा अध्यक्षहरुमा गठबन्धन र अन्य दलहरुले भाग लगाउनु पर्ने मत कांग्रेसी नेताहरुको रहेको छ ।
सरकारको प्रमुख घटक माओवादी केन्द्रको प्रमुख दाबी भरतपुर महानगरपालिकाको मेयरमा दाबी गरेको छ । ललितपुर महानगरपालिकाको मेयरमा पनि आफूले उम्मेदवारी दिन पाउनु पर्ने जिकिर माओवादी केन्द्रको रहेको छ । यस बाहेक नेकपा एमालेले जितेको अर्को एउटा महानगरमा पनि आफूले उम्मेदवारी दिन पाउनु पर्ने दाबी माओवादी केन्द्रको रहेको छ । जनता समाजवादीले भने नेकपा एमालेले २०७४ सालमा विजय प्राप्त गरेको काठमाडौं र पोखरामा मेयरका लागि उम्मेदवारी दिन पाउनु पर्ने दाबी गरेको छ । जनता समाजवादीले २०७४ सालमा विजय प्राप्त गरेको वीरगञ्ज महानगरपालिका सँगै अर्को एउटा महानगरपालिका पनि आफ्नो दाबी गर्दै आएको छ । गठबन्धनमा रहेका दलहरुलके महानगरपालिकाको मेयरका सम्बन्धमा यसरी अडान राखेपछि निर्णय गर्न गठबन्धनका शीर्ष नतोहरुलाई कठिन पर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *