सशस्त्रका डीआईजी गिरी कांग्रेसका नेता ?

समाचार

काठमाडौं । सशस्त्र प्रहरीको लागि प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा पर्न ठूलो लगानी गर्नुपर्छ । केन्द्रमा चित्त बुझाउने आईजीपी मात्र होइन, प्रशासनका एआईजीलाई पनि फुलपाति छर्नुपर्छ । त्यही कारण प्रदेश १ का डीआर्यजी कमल गिरीले सुपारी, मरिच, छोकडा, चिनी मात्र होइन, गाँजा तस्करसँग मिलेर दाम झार्न झापा, मोरङ, सुनसरीको जिल्ला कमाण्डलाई दबाब दिँदै बीओपीका कमाण्डरहरुलाई समेत धम्क्याउन थालेका छन् । कमलले लौकी नाकाका निरीक्षक अरुण पाण्डेको सरुवा गराई टेकेन्द्र कार्कीलाई खटाएपछि गाँजा तस्कर खुसी भएका छन् । भोजपुरे टिम सशस्त्रमा नाता जोडेर कमाई गर्ने उद्देश्य लिएका डीआईजी गिरीलाई कांग्रेस पार्टीको चिन्ता पनि छ । गिरीको निवासमा हरेक दिन कांग्रेसका कार्यकर्ताको भोज चल्ने गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पूर्व जाँदा र फर्कँदा जिल्लावासी डीआईजी सामु भेटघाट गर्नु नौलो होइन । भोज कांग्रेसको नेताको चल्ने, रक्सी, मासु, सितको व्यवस्था जिल्ला कमाण्डर रविको कमाण्डरले गर्नुपर्ने भएपछि चुनाव किन आउँछ भन्ने अवस्था सिर्जना गरिँदैछ ।
राजनीतिमा एमालेका नेता केपी ओलीसँग सम्बन्ध जोडेका डीआईजी कमल गिरी र वंशी दाहालले फोहोरमैला फाल्नु त परको कुरा, झन् थुपार्दै छन् । दुःख दिने े सशस्त्रको टोली चेन अफ कमाण्डर कति टिक्छ, आईजीपी पुष्पराम केसीलाई चासो नहुन सक्छ । झापा, मोरङ, सुनसरी मात्र होइन, लुम्बिनी प्रदेशका बाँके, बर्दिया, नेपालगंज, कपिलवस्तु, रुपन्देही तस्करीको सामान ल्याउने लैजाने जिल्ला हुन् । प्रदेश २ को धनुषा, बारा, पर्सा, रौतहट पनि त्यस्तै हो । त्यो क्षेत्र भनेको तस्कर माफियाबाट सुरक्षित पनि हुने सुरक्षाको जिम्मेवारी पुरा गर्नुपर्ने बाध्यता पर्छ । तर गुल्मपति नै कमाउन तल्लीन भएपछि जिल्लाबासी निरीक्षक, सई, असई खोज्न थाल्यो भने संगठनको उद्देश्य र मर्म पुरा हुँदैन । डीआईजी गिरीले त्यस विषयमा सोचेको जस्तो छैन । अहिले डीआईजीसाप कांग्रेसको नेता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *