दीपक मनांगेको दादागिरी कहिलेसम्म ?

समाचार

काठमाडौं । गुण्डालाई सांसद बनाउने खेल नेकपा एमालेले ग¥यो तर मनाङ ‘ख’ का सांसद दीपक मनांगेले संकटमा साथ दिएनन् । मनाङ घर भएका राजीव गुरुङ र चक्रे मिलनको धन्दा भनेकै लगानी बिनाको अकूत सम्पत्ति जोड्नु हो । चक्रे मिलन एमालेका प्रदीप नेपाल पत्नी झुमा देवानको टिकोटालोले भाइ बनाइएका व्यक्ति हुन् । यो समूह एकले अर्काेलाई काट्ने, कुटपिट गर्ने धन्दा चलाउँदै आएको सबै राजनीतिक दलदेखि नेपाली जनता सबैलाई जानकारी छ । नेपाल प्हरीलाई यो समूहको गुण्डागर्दीको ज्ञान छ । हाउजिङ कम्पनी, निर्माण व्यवसायी, म्यानपावर व्यवसायी, व्यापारी, उद्योगी, कलेजहरु होटल, रेस्टुरा व्यवसायीसँग मासिक उठाउने यो टोलीको मूल एजेण्डा रहेको छ । ठमेल देखि नै यो ग्याङले भागवण्डा गर्ने, असुल्ने धन्दा चलाउँथ्यो । पछि तत्कालीन वाइसिएलले तह लगाएको हो ।
एमालेले मनांगेलार्य समर्थन गर्न आफ्नो पाटीृकाो नेतालाइृ स्थगित गरेर राम्रै कमाई लिए । एमालेले रातो पासपोर्ट काण्ड लागेका मिन गुरुङलाई प्रदेश १ को सांसद मात्र बनाएन, मन्त्री समेत बनायो । विवादित नागरिकता भएका सिन्धुपाल्चोकका ल्यारकेल लामालाई संविधान सभामा सांसद मात्र बनाएन । झलनाथ खनाल नेतृत्वको सरकारले अर्थ राज्यमन्त्री समेत बनायो । तिनै लामा माओवादी प्रवेश गरेर सांसद बन्दा हतियार काण्डमा मुछिएका थिए । ठेकेदारहरुलाई सांसद बनाउने कामको मुल हकदार कांग्रेस–एमाले नै हुन् ।
अहिले दीपक मनांगे गण्डकी प्रदेशको खेलकुद मन्त्री छन् । दीपकले तीनपटक यस्तो नचाहिंदो काम गरे । दलहरुले त्यस्तैलाई बोक्ने गरेका छन् । गुण्डाकै जीवन शैलीबाट परिचित मनांगेले कहिले खेलाडी कुट्ने कहिले कर्मचारी कुट्ने काम भने छाडेका छैनन् । मन्त्रीले राम्रो काम गर्ने हो । जनताको सेवा मन्त्रीको दायित्व हुन्छ । तर मनांगे गृह जिल्ला मनाङ जाँदासमेत स्वकीय सचिव रोनित गुरुङलाई कामु मन्त्री दिएर हिँड्ने व्यक्ति हुन् । जसलाई कुटपिट भन्दा अन्य ज्ञान छैन त्यस्तालाई सत्ता टिकाउने र बहुमत पु¥याउने, मन्त्री पद दिने काम एमालेका नेता पुथ्वी सुब्बा गुरुङबाट थालनी भएको छ । गुरुङले मात्र गरेको निर्णय थिएन त्यो ।
एमाले पार्टी सर्वश्रेष्ठ भन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको तानाशाही कदमका कारण राजनीतिमा विकृति फैलिएको छ । कांग्रेस र माओवादी केन्द्रको लागि गुण्डाहरको कमि छैन । तर एमालेले च्यापेका पुर्शराम बस्नेत, रमेश पौडेल, स्व.दिने अधिकारी चरी मात्र हैन, गुण्डागर्दीबाट एमाले बनेका महेश बस्नेत भक्तपुर, किसान श्रेष्ठ तनहुँ, प्रेम आले डोल्पाका बारेमा यस्ता व्यक्ति छन् । दीपक मनांगे त्यही खालका व्यक्ति हुन् । कांग्रेस र एमालेको असुली धन्दा वाइसिएल आएपछि घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *