तस्करी धन्दाको कारण सकिन थाल्यो विदेशी मुद्रा

समाचार

काठमाडौं । सरकारी तहबाट मुलुकको अर्थतन्त्रमा गम्भीर संकट आई नसकेको तर्क गरिएपनि राष्ट्रिय ढुकुटीमा संचित रहेको विदेशी मुद्राले ६ महिना भन्दा बढी धान्न नसक्ने अवस्था प्रति उनीहरुले पनि स्वीकार गरेका छन् । कोरोना महामारीले पर्यटन क्षेत्रमा पु¥याएको असर सँगै विदेशी रेमिट्यान्समा आउने कमीको कारण राष्ट्रिय ढुकुटीमा विदेशी मुदको कमी भएको तर्क अर्थ मन्त्रालयल र राष्ट्र बैंकको तर्फबाट गर्ने गरिएको भएपनि सरकारमा रहेका प्रभावशाली व्यक्तिहरु निहित स्वार्थमा लागेर तस्करको पक्षमा विदेशी मुद्राको दुरुपयोग गर्ने गरेकाले यो अवस्था आएको देखिन्छ । केही समययताबाट नै राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको संचिति कम हुन थालेपछि आयात व्यापार नियन्त्रण गर्न जरुरी हुन थालेको थियो । तर विदेशी मुद्राको संचिति राष्ट्रिय ढुकुटीमा कम हुन थाल्दा पनि उद्योगपतिको आवरणमा रहेका तस्करहरुको स्वार्थको प्रभावमा परेर लामो समयदेखि आयात माथि प्रतिबन्ध लगाइएको केरोउ, सुपारी तथा मरिच जस्ता वस्तुको आयात खोलिएपछि त्यसरी राष्ट्रिय ढुकुटीमा कम भएको विदेशी मुद्राको समेत दुरुपयोग हुने क्रम सुरु भएको थियो । वर्तमान सरकारले गत फाल्गुण २७ गते राजपत्रमा नै प्रकाशित गरेर सुपारी मरिच र केराउको आयात खुल्ला गरेको थियो । केही उद्योगहरुको कच्चा पदार्थ रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यतिखेर सम्हालिराखेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा यी वस्तुको आयात खुल्ला गरेको थियो । उद्योगपतिको छाला ओढेका तस्करहरुको स्वार्थमा डलर खरिद गरेर ल्याउनु पर्ने सुपारी, मरिच र केराउको आयात खुल्ला गरेको लगत्तै ७४ वटा विभिन्न फर्मले यी वस्तुहरु आयातका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति मागेका थिए । समाचार सुत्रका अनुसार ६ वटा व्यापारिक फर्मले यी वस्तुहरु आयातको इजाजत समेत पाइ सकेका छन् ।
यसैगरी विदेशी मुद्रा खर्च गरेर मलेशिया र इण्डोनशियाबाट ठूलो परिणाममा पाम तेलको कच्चा पदार्थ पाम आयात गर्ने र त्यसलाई प्रशोधन गरेर नेपालमा उत्पादन भएको सरकारी तहबाट नै प्रमाणित गरेर भारत निकासी गरेर मोटो रकम कमाउने खेल लामो समयदेखि चल्दै आएको छ । मलेशिया र इण्डोनेशियामा ठूलो परिणाममा उत्पादन हुने पामको प्रमुख बजार भारत रहेको थियो । तर भारत सरकारले सन् २०१७ मा सिमावर्ती पाकिस्तानी क्षेत्रमा सर्जिकल अपरेशन नामक सैन्य कारवाही गरेको घटनाको मलेशिया र इण्डोनेशियाले समेत विरोध गरेपछि भारतले यी दुई मुलुकबाट पाम र पाम्बाछ बनेको तेल आफ्नो मुलुकमा भित्र्याउन प्रतिबन्ध लगायो । सरकारले प्रतिबन्ध लगाएपनि भारत पाम तेलको ठूलो बजार भएको कारण त्यसको फाइदा उठाउनेतिर उद्योगपतिको आवरणमा रहेका नेपालका तस्करहरु सक्रिय हुन थालेका छन् र मलेशिया र इण्डोनेशियाबाट ठूलो परिणाममा कच्चा पाम नेपाल भित्र्याएर त्यसलाई प्रशोधन गरेर नेपालमा उत्पादन भएको भनेर भारत पैठारी गरेर ठूलो रकम कमाउने धन्दा संचालन हुन थालेको छ । स्मरण रहोस् नेपालमा उत्पादन भएका कतिपय कृषिजन्य पदार्थ माथि भारतले भन्सार महसुल लिँदैन । भारतले दिएको यही सुविधाको दुरुपयोग गरेर मलेशिया र इण्डोनेशियाबाट विदेशी मुद्रा खर्च गरेर नेपालका केही व्यापारीले पाम नेपालमा ल्याउने र त्यसको प्रशोधन गरेर भारत निर्यात गर्ने धन्दा संचिालन गर्दै आएका छन् । यो आर्थिक वर्षको ८ महिनामा मात्र मलेशिया र इण्डोनेशियनबाट ३० अर्ब पचास करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेर भारततिर तस्करी गर्नकै लागि कच्चा पाम भित्र्याउने काम नेपालका व्यापारीले गरेका छन् । नेपालको कुनै पनि बजारमा नदेखिने पाम तेल भारतमा तस्करी गनैक लागि गरिएको यो धन्दामा सरकारमा रहेका प्रभावशाली व्यक्तिहरुको पनि प्रत्यक्ष सहभागीता रहेको छ । उनीहरुको सहभागीता विना व्यापारीहरुले यति ठूलो रकम खर्च गरेर विदेशी मुद्रामा मलेशिया र इण्डोनेशियाबाट पाम खरिद गरेर ल्याउन सक्ने थिएनन् ।
यसरी तस्करी प्रयोजनको लागि संचित विदेशी मुद्रा खर्च गर्ने सरकारले अहिले आफ्ना दुतावास मार्फत् विभिन्न मुलुकमा काम गरी राखेका नेपालीलाई बढी पैसा पठाउन प्रोत्साहित गर्न निर्देशन दिएको छ भने यसैगरी नेपाल घुम्ने पर्यटकलाई पनि आकर्षित गर्न आवश्यक पहल गर्न दुतावासहरुलाई निर्देशन दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *