औषधि पसल र चस्मा पसल स्वास्थ्यका लागि हानीकारक

समाचार

सावित्री खत्री
काठमाडौं । सरकारले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिने गरेको र स्वास्थ्यलाई बजेट पनि प्रशस्त दिने गरेको छ । प्रत्येक नेपालीलाई रोगअनुसार निशुल्क सेवा दिने भनिरहेपनि विभिन्न रोगबाट नेपाली जनताको अकालमै मृत्यु हुने गरेको पाइन्छ । सरकारले निशुल्क औषधी उपचारदेखि बेडसमेत निशुल्क उपलब्ध गराउँदै आएतापनि कतिपय बिरामीको पहुँच नपुग्दा अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ । कहिले अस्पतालको लापरवाही त कहिले चिकित्सकको लापरवाही । कहिले औषधीको अभाव त कहिले गलत औषधीको प्रयोगले गर्दा आम नेपालीलाई यस्ता समस्याले सताउने गरेको छ । यस्ता विषयमा स्वास्थ्य मन्त्रालय अनभिज्ञ छ ।
नेपालमा खासगरी अधिकाशं प्रदेश, संघीय र स्थानीय स्तरमा च्याउसरी औषधि पसल खोलिएका छन् । यस्ता औषधि पसलबाट आम नेपाली जोखिममा रहेका छन् । किनकि गाउँ, टोल सहरजस्ता क्षेत्रमा खोलिएका औषधि पसलमा चेकजाँच गर्न जाने र औषधि पसलबाट औषधि किन्ने गरेको छन् । कतिपय औषधि पसलमा राखिएका औषधिहरु मिति गुज्रिएको अवस्थामा भेटिन्छन् । यस्तै औषधिहरु पसलले बिरामीलाई) भिडाउने गरेको पाइन्छ । औषधि पसल सञ्चालनका लागि कस्तो मापदण्ड चाहिन्छ, मापदण्ड भित्र छन् कि छैनन, मापदण्डभित्र औषधि पसल खोलिएका छन् कि छैनन् भन्ने विषयमा स्वास्थ्य मन्त्रालयदेखि अन्य निकाय मौन अवस्थामा बसेका छन् ।
कतिपय सहरी बजारमा औषधि किन्दा चिकित्सकले एउटा रोगको औषधिको सिफारिस दिएकोमा औषधि पसलमा काम गर्नेले अन्य औषधि दिने गरेका छन् । यस्ता उदाहरण थुप्रै भेटिन्छन् । औषधिको रियाक्सनले धेरै नेपाली बिरामी पर्ने गरेका छन् । औषधि पसल सञ्चालन गर्ने व्यक्तिले कस्तो खालको औषधि विक्री गर्नुपर्छ, कस्तो गर्नु हुँदैन भन्नेसम्मको वातावरण बनाएका छैनन् । औषधि पसल सञ्चालन गर्ने व्यक्ति र चिकित्सकको समन्वय नहुँदा औषधि पसलले आफुखुसी औषधि बिक्री गर्ने गरेको पाइन्छ । औषधिको मूल्य पनि मनलाग्दीरुपमा असुल गरेका छन् । बिरामीलाई चिकित्सकले चेकजाँच बिना औषधि सिफारिस गर्ने गरेका छन् । एउटा औषधि चिकित्सकले लेखिएको छ भने औषधि पसलले एउटै कम्पनीको औषधि होभनि विक्री वितरण गर्ने गरेको पाइन्छ ।
नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले यस विषयमा अनुगमनगरी कारबाही गर्नुपर्ने ठाउँमा उल्टै प्रोत्साहन गरेको पाइन्छ । सरकारी अस्पतालबाट निजी औषधी पसललाई औषधि विक्री वितरण गरेर चिकित्सक र औषधि पसलले कमिसन खाने गरेको पाइन्छ । सरकारी अस्पतालको चिकित्सक र निजी क्लिनिकहरुको मिलेमतोमा महंगो शूल्कमा सेवा दिने गरेको पाइन्छ । गाउँ टोल बस्तीमा औषधि माफियाले खेलेका छन् । एउटा उदाहरणको लागि सरकारी अस्पतालमा निशुल्क पाइने सिटामोल पसलेले महंगो मूल्यमा विक्री वितरण गरेको देखिन्छ । निजी औषधि पसल र सरकारी चिकित्सकको मिलेमतोमा विभिन्न सिरिञ्जदेखि विभिन्न औषधि विक्री वितरण गर्दै आएका छन् । कतिपय स्थानमा खोलिएका औषधि पसल अनुभव नभएकाहरुले नै खोलेको बताइन्छ । औषधि पसलसँगै आँखाको लागि प्रयोग गरिने चस्मा पसलमा पनि यस्तै बेथिती छ । चस्मा पसल पनि स्वीकृति नलिई खोल्न पाइन्छ या पाइँदैन, चस्मा पसल खोल्दा कस्तो खालको मापदण्ड बनाइनुपर्छ, चस्मा प्रयोगकर्ताले पसलमा राखिएको चम्सा चिकित्सकको पूर्जी बिना वितरण गर्न पाइन्छ या पाइँदैन यस्ता विषयमा कसैलाई जानकारी छैन ।
बजामार जुन पायो त्यही चस्मा लगाउँदा आँखालाई गम्भीर असर पर्ने गरेको देखिन्छ । निजी चस्मा पसल खुल्ने र औषधि पसल खोल्नेको भिड प्रदेशदेखि स्थानीय स्तरसम्म र जिल्लामा होडबाजी चल्ने गरेको छ । यसरी बिना स्वीकृति खोलिएका औषधि र चस्मा पसलबाट आम नेपालीलाई गम्भीर असर पर्ने गरेको बताइन्छ । टोल गाउँ छिमेकमा खोलिएका औषधि पसल र चस्मा पसलबाट होसियारी अपनाउनुपर्ने भएको छ । औषधि पसलमा महिलालाई प्रयोग गरी प्याडदेखि वृद्ध, असक्त बिरामीलाई प्रयोग गरिने प्याडबाट हानी हुने समभावन ाढेर गएको छ ।
औषधि पसलमा पाइने खोकीको औषधिदेखि लागुपदार्थ सेवन गर्ने मानिसलाई समेत विभिन्न औषधि दिने गरेको पाइन्छ । औषधि पसलहरुमा सरकार र सरकारी निकायले अनुगमन गरेको पाँइदैन । बिरामी आफुखसी औषधि पसलमा गएर चिकित्सको चेकजाँच बिना नै आफुखसी औषधि किन्ने गरेका छन् । यस्तै आँखाका बिरामी पनि आँखा चेक नगरी चस्मा पसलमा गएर आफुखसी चस्मा प्रयोग गर्ने गरेका छन् । यस्तो काम गर्नु भनेको आफ्नो खुट्टामा आफैंले वञ्चरो हान्नु हो । कतिपय स्थानीय निकायका सदरमुकासम्म स्वास्थ्य जाँचको लागि झन्झटिलो भन्दै चिकित्सको चेकजाँज बिना औषधि प्रयोग गर्ने र चस्मा प्रयोग गर्ने गरेकाले भविष्यमा यस्तो कामले स्वास्थ्यमाथि आईपर्ने खतरा नकार्न सकिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *