भीमेश्वर नगरपालिकामा भौतिक पूर्वाधार

समाचार

२०७४ सालमा स्थानीय तहको निर्वाचन भएको ५ वर्ष पुग्नै लाग्यो । अर्को अवधीको लागि आगामी २०७९ वैसाख ३० गते निर्वाचनको मिति निर्धारण भएको छ । यसका लागि तयारी चलिरहेको छ । राजनीतिक दलका विभिन्न इकाईहरु आफ्ना उम्मेदवार छान्न व्यस्त छन् । त्यसै गरी आगामी ५ वर्षकालागि घोषणा पत्र तथा प्रतिवद्धताहरु तयार गरिरहेका छन् । आगामी कार्यकालको लागि दलिय प्रतिवद्धता गर्नु पूर्व विगतको घोषणा वा अठोटहरु कतिपूरा भए भन्ने पनि हेर्नु आवश्यक छ । आजको यस लेखमा भीमेश्वर नगरपालिकाले विगतको निर्वाचन देखि ५ वर्षसम्म सम्पादन गरेको काम मध्ये भौतिक पूर्वाधारमा के कस्ता काम भए त्यस वारेमा चर्चा गर्नेछौं ।
भीमेश्वरमा सडक
२०७४ को निर्वाचन पछिका जनप्रतिनिधिका ५ वर्षमा भीमेश्वर नगरपालिकाले भौतिक विकास अन्तरगत सवै भन्दा धेरै लगानी सडक तर्फ गरेको छ । साना ठुला गरी २०३ वटा सडक वनाएको छ । सडकको कुल लम्वाई ४६७ किलोमिटर भन्दा वढि रहेको पाइन्छ । यी सडकहरु मध्ये झण्डै १६ किलोमिटर कालोपत्रे वा ढलान भएको छ । २८१ किलोमिटर भन्दा वढि सडकमा वाह्ै महिना गाडी चल्न सक्ने अवस्था रहेको छ । सडकका लागि मात्र ५ वर्षमा भीमेश्वर नगरपालिकाले रु. ३६ करोड १७ लाख भन्दा वढि खर्च गरेको छ ।
यी २०३ वटा सडकहरु मध्ये २६ वटा सडकहरुलाई नगरस्तरिय पहिचान दिई नियमित वजेट विनियोजन गर्ने गरेको छ । ती नगरस्तरिय सडकको स्तरोन्नतीको काम समेत भैरहेको छ ।
पुर्ननिर्माणमा भीमेश्वर नगर
भुकम्प पछिको पुननिर्माणका क्रममा यस नगरपालिका भित्र ११ हजार ९५० निजी घर पुननिर्माण भएका छन् । झण्डै १०० वटा जती सार्वजनिक भवनहरु निर्माण भएका छन् ।
शहरी विकासमा भीमेश्वर नगर
नगरपालिकामा खासगरी शहरी क्षेत्रको खानेपानी व्यवस्थापनको लागि शहरी खानेपानी आयोजना अन्तर्गत चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता क्षेत्रगत आयोजना अन्तिम चरणमा पुगेको छ । कुल रु. ७१ करोड ८२ लाख ३५ हजार ६३४ को लागतमा निर्माण हुने उक्त आयोजनाबाट नगरवासीका घरमा ४५७५ वटा निजी धारा जडान भइ रहेका छन् । यसैगरी संघीय सरकार, खानेपानी तथा ढल निकास विभागसँगको साझेदारीमा शहरी क्षेत्रको ढल व्यवस्थापन गरी त्यसबाट उत्सर्जन भएको पानीलाई आवश्यक प्रशोधन गरी नगरपालिकाको वडा नं. ४ जिलुका लागि सिंचाईको सुविधा पु¥याउने र प्रशोधन पछिको ठोस फोहोरलाई कम्पोष्ट मलको रुपमा उपयोग गर्ने गरी ठेक्का व्यवस्थापन भई निर्माण कार्य भइरहेको छ ।
नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि निजीक्षेत्रसँग सहकार्य गरिएको छ भने सोलारको व्यवस्थापन गरी बजार क्षेत्रमा सडक बत्ती जडान गरिएका छन् । कोटीहोम तथा सिमपानी पार्कमा सोलारबाट बत्ती व्यवस्थापन गरिएको छ ।
भीमेश्वर नगरस्तरिय गौरबको आयोजना
भीमेश्वर नगरपालिकाले तत्काल फाइदा पु्ग्ने मात्र नभई दीर्घकालसम्म लाभ प्राप्त हुन सक्ने, नगर तथा जिल्लामा पर्यटन पूर्वाधारको विकास एवम् विस्तार हुन सक्ने, नागरिकको प्रतिस्पर्धात्मक क्षमताको विकास हुन सक्ने, नगरपालिकाको आन्तरिक श्रोत अभिबृद्धि हुने, रोजगारी सिर्जना हुने र आम्दानी बृद्धि हुने, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन हुने गरी नगर गौरवका आयोजनाहरु छनौट गरी कार्यान्वयन गर्न शुरु गरिएका छन् । कतिपय आयोजनाहरु विगतमा शुरु भएका थिए । ती आयोजनाहरुको थप पूर्वाधार सुधार गरी व्यवस्थित बनाइएको छ भने धेरैजति आयोजनाहरु यस अवधिमा शुरु गरिएको छ । यस्ता नगर गौरवका आयोजना एवम् वडाको पहिचान समेत झल्कने केही महत्वकांक्षी आयोजनाहरुको सुरुवात भएको छ ।
यस्ता आयोजनाहरु मध्ये वडा नं. १ मा थामी संग्राहालय, सुन्द्रावती मार्ग, भ्यूटावर संग्राहलय हाइकिङ्ग रुट र एकिकृत वस्ती, वडा नंं २ मा चम्पुजा तथा मञ्जुश्री पार्क, मुद्रा संग्राहलय, वडा नं. ३ मा खुल्ला चिडियाखाना, कभर्डहल, रंगाशाला र सपिङ्ग कम्प्लेक्स, वडा नं. ४ मा टहलेश्वर महादेव मन्दीर, महाँकाल वृन्दावन, पाण्डव पार्क र नमुना एकिकृत वस्ती, वडा नंं. ५ मा महाङ्गकाल मन्दीरको लागि जग्गा व्यवस्थापन एवं मन्दिर निर्माण, मयूर तथा साइन्स पार्क, वडा नं. ६ मा भ्यूटावर, विश्व शान्ती वुद्ध पार्क, हिमालयन इन्स्टीच्यूट अफ साइन्स एकेडेमी वडा नं. ७ औद्योगिक ग्राम र हात्ति छहरा पर्यटन मार्ग वडा नं. ८ हात्ति छहरा पदमार्ग र कालिञ्चोक काउ फर्म रहेका छन् त्यसै गरी वडा नं. ९ मा शिव पोखरी, सूचनामूलक प्रवेश द्वार र फिल्म सिटी मूख्य रहेका छन् ।
खेलकुद पूर्वाधारमा भीमेश्वर
खेलकुदको समग्र विकासको लागि गौरीशंकर क्याम्पस परिसरमा कवर्ड हल निर्माण र पाराफिट सहितको भीमेश्वर रङ्गशाला निर्माणको कार्य भईरहेको छ । खेलकुद मार्फत नगरपालिकाको पहिचान स्थापित गर्ने उद्देस्यले ‘एक वडा एक खेल मैदान’ निर्माण गर्ने लक्ष्य अनुसार वडा नं १, ३, ४, ५, ६, ७, ८ र ९ मा खेल मैदान निर्माण कार्य थालनी गरिएको छ ।
विद्यालय पूर्वाधारमा भीमेश्वर
विद्यालयको भौतिक पूर्वाधार निर्माण अन्र्तगत शौचालय, घेरावार, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि सहयोग र फर्निचर व्यवस्थापनका कार्यहरु भइरहेका छन् । विभिन्न साझेदार संस्थाको सहयोगमा विगत ५ वर्ष अवधिमा ४३ वटा विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ । १० वटा बिद्यालयमा खेलमैदान, १५ वटा बिद्यालयमा घेराबार ३० वटा बिद्यालयमा खानेपानी व्यवस्थापन, ३० वटा बिद्यालयमा घडेरी व्यवस्थापन, फर्निचर व्यवस्थापन, १० वटा बिद्यालयमा सूचना प्रविधि व्यवस्थापनका कार्यहरु सम्पन्न भएका छन् । जस्ले गर्दा विद्यालय पठनपाठनमा सहयोग पुगकेको छ ।
सिचाई पूर्वाधारमा भीमेश्वर
कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन यस अवधिमा नगरपालिकाको तर्फबाट आर्थिक वर्ष आर्थिक वर्ष २०७४÷७५ मा १६ वटा, आर्थिक वर्ष २०७५÷७६ मा १५ वटा, आर्थिक वर्ष २०७६÷७७ मा १९ वटा तथा आर्थिक वर्ष २०७७÷७८ मा ४ वटा समेत सानाठूला ५३ वटा सिंचाई आयोजनाहरु कार्यान्वयन भएका छन् भने उक्त आयोजनाहरुका लागि जम्मा रु .१ करोड ५० लाख लगानी भएको छ । नगरपालिककै सबैभन्दा उत्पादनशील भूमि वडा नं. ४ जिलुमा सिंचाइ विभागको ६० लाखको अनुदान सहयोगमा घट्टेखोला म¥याङखोला सिंचाइ मर्मत गरिएको छ भने सिंचाइ विभागकै ३० लाख अनुदानबाट पिप्ले सिंचाई र गर्जुलाखोला सिंचाइ नयाँ मर्मत गरिएको छ ।

अन्त्यमा भीमेश्वर नगरपालिकामा जनप्रतिनिधिको ५ वर्षे कार्यकालमा पूर्वाधार विकासमा प्रशस्तै काम भएका छन् । तथापी अपेक्षाकृत हुनसकेका छैनन् होलान् । विकास भनेको टुङ्गिने विषय पनि होइन । यसको सिमा हुँदैन । मानविय चाहाना वढेसँगै विकास प्रतिको आशा पनि वढ्दै जान्छ । भीमेश्वर नगरपालिकाले तयार गरेको पूर्वाधार विकासमा गरेका प्रगतीलाई निरन्तरता, पूर्णता र दिगोपनाका लागि ध्यान दिनु पर्दछ । नयाँ वर्ष २०७९ को शुभकामना सहित धन्यवाद ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *