गठबन्धन भित्रै कांग्रेसको दादागिरी

समाचार

काठमाडौं । जहाँ मनलाग्दी हुन्छ, त्यहाँ चुनावी तालमेल हुन सक्दैन । कांग्रेससँग तत्कालीन परिस्थितिका बारेमा मत मिल्ला तर चुनावी गठबन्धन सबैतिर सम्भव देखिएन । कांग्रेसले नगन्ने र समाजवादीले ठूलो भाग खोज्ने कामले गठबन्धनबिच अप्ठेरो परेको छ । संगठन नभएको ठाउँमा जसपाले ठूलो भाग खोज्दै छ । राजमोले ठूलो भाग खोज्ने बाग्लुङ, प्यूठान, अर्घाखाँची नै हो । तर त्यहाँ पनि टुक्रिने र फुट्ने भइरहेको छ ।
कांग्रेसका डा.शेखर कोइराला केन्द्रीय सत्तामा एक भए पनि स्थानीय तहमा सम्व छैन । तर डर त एमालेका नेता केपी ओलीलाई पनि छ । डरले राप्रपाको कमल थापा परिवार दलजस्ता धरातल नभएका पार्टीलाई आफैंसँग मिलाएको छ । आफ्नो पार्टीको हैसियत बिर्सेर एमालेसँग चुनावी तालमेल मात्र होइन, चुनाव चिन्ह सूर्य लिने कति पवित्र गठबन्धन हो त्यो ? केपी ओलीले जे गरेपनि ठिक मान्नै पर्ने आवश्यकता छैन । कांग्रेससँग तालमेल गर्दा सँधै ठाउँ पाउँछ भन्ने छैन । राम्रो काम गरेको भए स्थानीय चुनावमा किन डर मान्नुप¥यो । जबकि प्रचण्डलाई चितवनप्रति विश्वास भएको भए गठबन्धन जरुरी छैन ।
कांग्रेस पार्टीले आफु नजित्ने स्थान पनि नछाड्ने अवस्थामा छ । काम लोकप्रिय भएको छैन । कांग्रेसले चुनाव जित्नको लागि ललितपुर हेरे पुग्छ । जहाँ फोहोर बिसर्जन स्थानीय रुपमा गर्न नसकेका चिरिबाबु महर्जन पुनः मेयरमा दाबी गर्दैछन् । यस्तै स्थिति एमालेले चुनाव जितेको काठमाडौंमा छ । फोहोरको नाममा विद्या सुन्दर शाक्यले सिन्को भाँचेनन् । जसले अघिल्लो पटक एक सय दिनको कायृक्रम ५ वर्षसम्म पुरा गर्न नसकेको आरोप छ र सबै सामु छर्लंग छ । तर दाबी विद्याको छ र विद्यालाई नै दिने भएको छ ।
काठमाडौं, ललितपुर, विराटनगर, पोखरा, विरगंज महानगरपालिकाको दाँजोमा भरतपुर महानगरको काम उत्कृष्ट भएको स्थानीय बताउँछन् । स्थानीय तहको आधारभूत मूल्यांकनले पनि देखाएकै छ । त्यहाँ मेयर उपमेयर दुबै महिला छन् । महिला जनप्रतिनिधि भएका स्थानीय तहमा भ्रष्टाचार कम छ, बेरुजु कम छ, जनताको गुनासो कम छ भने कांग्रेस पार्टीले भरतपुर छोड्न किन कठिन भयो । कांग्रेस एक्लैले जितेको मोरङ, विराटनगरमै हैसियत देखियो । राजधानी ललितपुर नै यसको प्रमाण हो । सत्तामा रमाउने सहभागीलाई पेल्ने कांग्रेसको पहिचान बन्न पुग्यो । त्यही कांग्रेससँग इमान्दारपूर्वक गठबन्धन भएको खण्डमा राष्ट्रिय सभाको निर्वाचनको परिणामलाई पछ्याउन मिल्छ । नेतृत्वले राष्ट्रिय सभाको निर्वाचनसँग यो स्थानीय तहको निर्वाचन हेर्न हुँदैन । स्थानीय तहका समस्या र केन्द्रको समस्या भने फरक हुन्छन् । फरक समस्या फरक प्रतिस्पर्धाले जनतालाई आकर्षण जसले गरायो उसले चुनाव जित्छ । अहिले स्थानीय चुनावमा गठबन्धनको खाँचो छ । त्यही कारण चुनाव जित्न सिद्धान्त नीति विचारको कुरा ओझेलमा परेको छ । यसले तत्कालीन स्वार्थ हेरेको छ ।
सत्ता गठबन्धन भत्किँदा विपक्षी गठबन्धनभित्र रमाइलो छ । किनकि त्यहाँ जोडिएका राप्रपा नेपाल, परिवार दलको जनाधार नहुँदा एमालेसँग जोडिएका छन् । एमालेले पनि कुनै सिद्धान्त र नीतिअनुसारको तालमेल गरेको छैन । सरकारमा हुँदा जनतालक्षित कुनै काम एमालेले गरेन । बरु बिचौलिया र माफियाहरु समेतलाई राष्ट्रपतिबाट पुरस्कार दिलाएको कुरा अहिले सार्वजनिक भएको छ । उमाले पनि कुनै नीति सिद्धान्त विचारलाई प्राथमिकता दिने दल भएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *