गठबन्धनको विरोध गर्ने निगरानीमा !

समाचार

काठमाडौं । नेपाली कांग्रेस पार्टी आफैं अराजक पार्टी हो भन्ने कुरा साबित भएको छ । कांग्रेसले कुनै पनि निर्णय गर्दा मुखले गर्ने रजिस्टरमा लिखित नगर्ने कोइराला वंशबाट पार पाउन ३७ वर्ष कुर्नुप¥यो । सुवर्णशमशेरपछि विपीको हातमा सरेको नेतृत्व २०३९ सालदेखि २०४९ सालको कलवलगुढी महाधिवेशनसम्म १० वर्ष कृष्णप्रसाद भट्टराईलाई २ पटक चुनाव हराए त्यो काठमाडौं क्षेत्र नं. १ बाट । अहिले त्यहाँ गणेशमान पुत्र प्रकाशमान संसदको चुनाव लडिराखेका छन् । उनको घर वरिपरि नेवार बस्तीले प्रकाशमानलाई पत्याउँदैन ।
कोइराला वंशबाट शेरबहादुरले १३औं महाधिवेशनमा सभापति खोसेका हुन् । कांग्रेसका नेताहरु गगन थापा, डा.शेखर कोइराला, धनराज गुरुङ गठबन्धनविरुद्ध एक जुट छ । डा. शेखरलाई पार्टी सभापति देउवाले जित्दा रिस उठ्यो । पार्टी महाधिवेशनमा समेत उनीहरु एक थिए । जब डा.शेखर दोस्रो चरणमा प्रतिस्पर्धा भए । त्यसपछि प्रकाशमान र विमलेन्द्रले देउवाको पक्ष लिए । डा.शशांक तटस्थभए सुजाताले देउवालाई सहयोग गरिन् । भारतले डा.शेखरलाई बासेक्दै गर्दा अमेरिकी दबाबले भारत समेत लत्रन पुग्यो । यो सत्य कांग्रेस भित्र लुकाइएको छ । यतिबेला गगन र डा.शेखरहरु घमण्ड गरेका थिए । पार्टीका नीति स्थानीय चुनावदेखि नै गठबन्धनमा जाने भन्ने छ । डा.शेखरको टिम बनेर जितेका ३२ जिल्ला सभापतिहरु केन्द्रको निर्देशन स्वीकार्न बाध्य छन् । प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिममा गठबन्धनमै स्थानीय तहको चुनावमा जाने सहमति छ । तर बाग्मती प्रदेशबाट निर्णय भएको छैन । अहिले विपक्षी गठबन्धनमा भने पत्याउनै नसकिने पवित्र गठजोड हुँदैछ । कमल थापाको राप्रपा नेपालजस्तो संघीयता, गणतन्त्र विरोधी र नेपालमा क्रिश्चियन धर्म फैलाउन विदेशी डलर ल्याउने एकनाथ ढकालको परिवार दल एमालेको चुनाव चिन्हमा भिड्दै छ । आफ्नो दलको परिचय ती दलले त्याग्दै छन् । हिजो माओवादी, जपा र लोसपाबाट चुनाव जितेका जनप्रतिनिधिले एमालेले दिएको भागबाट चित्त बुझाएर रमाएका छन् । उनीहरुको पछि एमालेका त्यागी कार्यकर्ता लाग्ने अवस्था छैन ।
कांग्रेसका डा.शेखर, गगन र धनराजले गठबन्धनको विरोध गरेका छन् । कांग्रेस एक्लै कतै पनि चुनाव जित्न नसक्ने अवस्थामा पुग्नु भनेको अराजकता र गुप्तचरी हो । त्यही कारण गृहमन्त्री बालकृष्ण खाँडले गठबन्धन विरोधी नेताका पछाडि गुप्तचरी परिचालन गरेका छ्न । कांग्रेसमा गगन थापा विरोधी भएजस्तै माओवादीमा शक्ति बस्नेतहरु गठटबन्धन भत्काउन सक्रिय छन् ।, बस्नेतले घमण्ड गर्ने भनेको अध्यक्ष प्रचण्डलाई पदको बार्गेनिङ गरी झुक्याउनु हो । त्यही कारण उनी पूर्व गृहमन्त्री भए पनि उनको निगरानी गरिएको छ । एमालेको ओली पन्थले गर्ने भेला बैठकभन्दा कांग्रेस, माओवादीका अराजकले गर्ने गतिविधि सरकारको निगरानीमा परेको समाचार प्राप्त भएको छ ।
उता कांग्रेस आफैंले एक्लै निर्वाचन घोषणापत्र जारी गरेको छ । गगन थापा यो घोषणापत्र लेखन समितिका कमाण्डर छन् । बाख्रा फर्म र भैंसी फर्मको नाममा गगनले खाएका छन् । कृषि व्यापार आयोजनाको रकम नै उनको अहिलेको चुनावी खर्च हो । क्रिश्चियनको डलर धर्मनिरपेक्षताको नामा धेरै खाने वामपन्थीले गठबन्धन बनाएको एमाले र परिवार दलको मोर्चा हो । सत्ता गठबन्धनसँग राप्रापको कमल थापा जस्तो अवसरवादीले स्थान पाउने अवस्था थिएन । पार्टी वैधानिकता नभएकाहरुलाई बोकेर केपी ओलीले रमिता देखाएका छन् । सत्ता पक्षका गगन र शेखरहरु उफ्रिनु नौलो भएन । उनीहरु भारतीय डिजाइनमा हिँड्न तयार भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *