नेपाल प्रहरीमा वरिष्ठता मिच्दै, आईजीपी बनाउँदै

समाचार

काठमाडौं । सरकारले चुनावको मुखमा नेपाल प्रहरीको आईजीपी फेर्ने तयारी गर्दैछ । ३० वर्षे सेवा हदको कारण नेपाल प्रहरीका आईजीपी शैलेश थापाको अवकाश वैशाख १८ गते हुने भएकाले नेपाल प्रहरीमा वरिष्ठतालाई मिचेर जुनियरलाई आईजीपी बनाउन चलखेल सुरु भएको छ । नेपाल प्रहरीको आईजीपी बन्ने लाइनमा वरिष्ठ विश्व पोखरेलले आईजीपी बन्न पाइन्छ कि पाइँदैन भन्दै भौतारिएका छन् । ओली सरकारले बढुवा गरेको कारण प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई विश्वासमा लिन नसक्नु उनको कमजोरी हो । कांग्रेसमा डा.शेखर कोइराला निकट र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रका नातेदार भएकाले पनि पोखरेल आईजीपी बन्ने सम्भावना कम रहको छ । त्यसमा पनि उनी एमाले नेता ईश्वर पोखरेलसँग जोडिएका पात्र हुन् । विश्व पोखरेल मात्र नभई दोस्रो वरियताका एआईजी सहकुल थापा पनि १० महिना अगाडि एआईजी भएका हुन् । सरकारमा गृहमन्त्री पनि कांग्रेसकै भएकाले पछिल्लो पटक एआईजीपी बनाइएका धिरजप्रताप सिंहको आईजीपी बन्ने सम्भावना बढी रहेको देखिँदैछ । दैलेखका सिंह सेवामा बस्दा विवादमा नपरेको भनेर कांग्रेसहीहरु उनको पक्षमा लागेका छन् । पोखरेललाई उपत्यका नछाडेको हाकिम भनिन्छ । निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गर्दाको यो टोलीमा १९ जना रहेका थिए । तर एसपी, एसएसपी र डीआईजी बढुवामा पोखरेल अगाडि आएका व्यक्रि हुन् । उनी एसपी भएर मोरङ बसेका थिए । ईश्वर पोखरेलसँग जोडिनु नै विशव पोखरेलको भाग्य नभएको बताइन्छ । अहिले नेपाल प्रहरीमा तत्कालीन सरकारको पालामा भएको काण्ड मच्चिने सम्भावना छ । सुशीला कार्की पै्रधानन्यायाधीश भएको बेलामा एमालेका हरिकृष्ण कार्की, सपना प्रधानहरु न्यायाधीश थिए । सेटिङमा खेलोफड्को भएको थियो । सर्वाेच्चले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नहुँदै जयबहादुर चन्दले फुली लगाउन नपाउँदै आईजीपी आशै नगरेका प्रकाश अर्याल आईजीपी भएका थिए । सरकारले सर्वाेच्चको फैसला पर्खँदाको बेला प्रहरी अस्पतालका डाक्टर एआईजीलाई कामु आईजीपी बनाएर प्रकाश अर्याललाई आईजीपी बनाउन बाध्य भएकै थियो ।
यसपटक त्यो अवस्थासम्भव छैन । पोखरेल सर्वाेच्च जाने आँट गर्लान् भन्ने छैन । वरिष्ठता मिच्न हुन्न भन्ने माओवादी पार्टीले समेत जनार्दन शर्मालाई गुण लगाएका थिए । रविन्द्र धानुकलाई एआईजी नबनाउँदासम्म अर्थमन्त्रालयबाट सहमति दिइएको थिएन । तर धानकुको विरुद्ध कांग्रेसका एक सांसद थिए ।
तीन डीआईजी थन्किए
अन्य एआईजी बन्न नपाएका वरिष्ठ डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वर कार्कीको मुद्दा सर्वाेच्चमा छ । तर सरकारले धिरजप्रताप सिंह, बसन्त पन्थ, रविन्द्र धानुकलाई एआईजी बनाएको छ । पन्त आईजीपी शैलेश थापासँगै अवकाश पाउने छन् । त्यो बेला २ एआईजी दरबन्दीमा को पुग्छ ? भन्दा पनि तीनजना अदालत गएकाले अब महानगरीय आयुक्त कार्यालयमा रहेका उत्तमराज सुवेदी, हाल प्रशासन शाखामा बसन्त लामाको एआईजी हुने सम्भावना छ ।
यता सशस्त्र प्रहरीमा राजु अर्याल पक्का भए एआईजीपी
सशस्त्र प्रहरीमा वरिष्ठताको आधारमा राजु अर्याल एआईजीपीमा सिफारिस हुँदा आफु सेनाबाट आएको घमण्ड देखाउने चन्द्रप्रकाश गौतम भने हिस्स भएका छन् । गौतम सेनाबाट आए पनि डीआईजी बढुवा हुँदा तेस्रो रोलक्रममा थिए । नारायण दत्त पौडेल, राजु अर्याल प्रहरीमा सँगै सेवा प्रवेश गरेका व्यक्ति हुन् । बढुवा हुँदा सँगसँगै भएका थिए । कार्यक्षमतामा दुबै विवादरहित पनि थिए भन्ने सोचेनन् । गौतम २ नं. प्रदेशको डीआईजीबाट फर्कँदा बद्नाम भएका थिए ।
सशस्त्रमा वरिष्ठले एआईजी पाएपछि नेपाल प्रहरीमा पनि वरिष्ठ नै आईजीपी हुन्छन् भन्ने मत भए पनि सरकारले चाहेको एआईजीलाई आईजीपी बनाउन सक्छ भन्ने प्रावधानले विश्व पोखरेलभन्दा धिरजप्रताप सिंहको चर्चा चलेको बताइन्छ । अर्याल वैशाख २० गते सशस्त्रको आईजीपी हुनेछन् । त्यसपछि नारायणदत्त पौडेल र सिपी गौतम एआईजी बन्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *