डा.शेखर र ओलीको डिजाइन एउटै

समाचार

काठमाडौं । नेपाली कांग्रेस पार्टीको संस्थापन पक्षले संविधानको रक्षा र लोकतन्त्रको संरक्षणकर्ता दलहरुको गठबन्धनप्रति सहभागी भएपछि छटपटाएका भारतीय खान्की खानेहरुको निद्रा गुमेको छ । मनपरी बोलेर सत्ता गठबन्धनको उछितो काडेपनि प्रतिपक्ष दलका नेता अध्यक्ष केपी शर्मा ओली र कांग्रेस भित्रका प्रतिपक्षी डा.शेखर कोइरालाको लिगेसी एउटै भएको छ । कोइराला केपी ओलीसँग जोड्ने काम सत्ता गठबन्धन भित्रको मोर्चा देखिएको भए पनि भित्री जड भने भारतको संस्थापना पक्ष नै हो । भारत नेपालका राजनीतिक दलहरु एकजुट भएको देख्न चाहँदैन ।
कांग्रेस र कम्युनिष्ट बिचमा पार्टीको कुनै नीति कार्यक्रम मिल्दैन । राष्ट्रिय समस्या संविधानको रक्षा गर्ने लोकतन्त्रको सुदृढीकरण गर्ने विचार र कार्यक्रम मिलेको कारण वर्तमान गठबन्धन भएको हो । तर कांग्रेसका डा.शेखर कोइराला सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोमा सन्तृष्ट छैनन् । डा.कोइरालाले कार्यकर्ताको बिचमा भन्दा त कांग्रेस पार्टीको अस्तित्व रक्षा गर्नलाई भनेका छन् । केपी ओली र नेपाली राजनीतिमा व्यभिचारी गुटको खेती र भ्रष्टाचारको अगुवा हुन भन्ने कुरा ४१ महिने सरकारमा राज्य कोष खर्च गरेर ६ करोडको पानी ३ करोडको भोजभतेर लगाएको अवस्थाले बताउँछ । भ्रष्टाचार गर्दिन भनेपनि बालुवाटारमा देशको लगानी थिएन । भ्रष्टाचारी र बिचौलियाको लागि स्वर्ग बन्यो । तत्कालीन एमालेलाई नेकपाबाट एक्ल्याउने र आफु बादशाह बन्ने थियो । देशको कुनै पनि आन्दोलनमा सहभागी नभएका नेताहरुले चुनावमा पराजित गराएकै हुन् ।
अहिले भारतले मिलाएको सिंङ जुरो बिनाको लंगडो राप्रपा नेपाल र नेपालमा हिन्दुत्वविरुद्ध होलीवाइन मिसन चलाएको परिवार दलमा देशभक्ति देखिँदैन । चुनावी गठबन्धन र सहकार्य जसको जहाँ शक्ति छ त्यो सँग हुन्छ । तर एमालेले सत्ता गठबन्धनसँग आफ्नै वंश बगाललाई लखेटर प्रतिगामी गठबन्धन गरेको छ । नेताहरुको नांगो राष्ट्रवादले देशका नदीनाला भारतलाई सुम्पने हो । कांग्रेसका डा.शेखर कोइराला भारतीय संस्थापन पक्षका विश्वासी नेपाली एजेन्ट नै हुन् ।
कांग्रेसले धेरै नेता सबैको आंकाक्षा पुरा गर्न सक्ने अवस्था छैन । सभापति शेरबहादुर देउवा निकट नेता कार्यकर्ताले आफ्नो हैसियत हेर्न छाडेर मेयरको दाबी गर्ने पनि बढेका छन् । पार्टीको कामभन्दा एनजीओ र आईएनजीको पैसाले स्थान बनाउने डा.आरजु देउवाले आफ्नो टिमको मान्छे मेयर उपमेयर बनाउन जोड दिन थालेकी थिइन । डा.आरजु बालुवाटारमा बिचौलिया एजेन्ट कमिसनखोर र तस्करहरुको टिम लिडरका रुपमा परिचित नाम हो । यो टिमले सरकारको आम्दानी हुने एयरपोर्टको सटर कब्जा गरेर भाडा नतिर्नेको संरक्षण गरेको छ । डा.आरजुकै भाई सौरभ राणाले रक्सीको डिलर राखेर भाडा बुझाएका छैनन् ।
अहिले डा.आरजुले चुनावमा टिकट वितरण कार्यमा हस्तक्षेप गर्न सक्रिय भएको बताइन्छ । वित्तीय समितिको सचिव जस्तो जिम्मेवारी भएकी चेली रजनी थापालाई कांग्रेसको टोखा नगर समितिले नै मेयरको टिकट दिन उचित ठानेन् । रजनी थपा २०७४ को स्थानीय चुनावमा टोखा नगरपालिकााको उपमेयरमा झिनो मतान्तरले पराजित भएकी थिइन । पुरानो घाइतेले मेयरको दाबी गर्न सक्छ । तर नगर समिति, क्षेत्रीय समिति, जिल्ला समितिले समेत रजनीको नाम समावेश गरेनन् । यस्ता उदाहरण नेपाली कांग्रेसमा मात्र नभएर एमाले, माओवादी, मधेसवादी दलमा हावी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *