विश्वदेवले खाए कुटाइ, टिकट पाए अर्कैले

समाचार

उम्मेदवारी दर्ताको तयारी गर्दै गरेको नेपाली कांग्रसबाट गोरखा नगरपालिकाका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । उम्मेदवारी दर्ताका लागि फोट खिच्न लागेका श्रेष्ठलाई असन्तुष्टि कांग्रेस कार्यकर्ताले गोरखा नगरपालिका–६ स्थित बैंकरोडमा पसलभित्रै पसेर कुटपिट गरेका हुन् । उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा पुगेका विश्वदेवलाई पार्टीभित्रकै विरोधी कार्यकर्ताले हातपात गरेका थिए ।

यसअघि हालका मेयर राजनराज पन्तलाई पुनः दोहोर्याउनु पर्ने भन्दै कांग्रेस कार्यकर्ता तथा समर्थकले पार्टी कार्यालयमा तालबान्दी समेत गरेका थिए । विवाद बढ्दै गएपछि पन्तलाई नै उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो । विश्वदेव संस्थापनइतर समूहका हुन्। उनले मेयरको टिकट ल्याएपछि असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय र नगर कार्यसमितिको हरमटारीस्थित कार्यालयमा ताला र बाहिर प्रदर्शन गरेका थिए। उनीहरूले कमजोर जनआधार भएका श्रेष्ठलाई मेयरको टिकट दिएको भन्दै विरोध गरेका थिए। मेयरको उम्मेदवारको विषयलाई लिएर करिब तीन घन्टा गोरखामा तनाव भएपछि पार्टीको केन्द्रले हस्तक्षेप गरेको छ। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आधिकारिक मेयरको उम्मेदवार राजनराज पन्त भएको पत्र पठाएका छन्। उपमेयरमा भने मसलीमाया थोकर (सपना पुन) लाई कांग्रेसले टिकट दिएको छ। गोरखा नगरपालिकाको मेयरका लागि पन्त, सचिव किशोरजंग थापा, शोभा अधिकारी, श्रेष्ठलगायतको नाम सिफारिस भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *