किन हुन्छ राजनीतिक दलमा भाँडभैलो

समाचार

काठमाडौं । नेपालीमा एउटा उखान छ चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेझैं जनप्रतिनिधि बन्नको लागि भटाभट राजीनामा दिएका थिए । खासगरी स्थानीय जनप्रतिनिधिहरु टिकट नपाएर हैरान भएका छन् । राजनीतिक पार्टीका जनप्रतिनिधि र केही बहालवाला कर्मचारीले स्थानीय जनप्रतिनिधि बननलाई राजनीनामा दिए तर पदबाट राजीनामा गरेपनि स्थानीय जनप्रतिनिधि बन्ने अवसर गुमाएका छन् । निर्वाचन आयोगले स्थानीय निर्वाचन लड्नको लागि राजीनामा गर्नुपर्ने र पेस्की फछ्र्याैट गर्ने भनेपछि भटाभट राजीनामा दिन थालेका थिए । सातवटै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिउपनि राजनीतिक भागवण्डाको कारण टिकट पाउन सकेनन् । त्यसेको परिणामअनुसार विभिन्न पार्टीको भागवण्डा नमिलेकै कारण र राजनीतिक दलले गुट उपगुट खडा गराएर गुटको कारण विभिन्न राजनतिक पार्टीले बागी उम्मेद्वारी दिएका छन् । बढी मात्रामा बागी उम्मेद्वार दिनेमा नेपाली कांग्रेस पार्टी पहिलो स्थानमा रहेको छ । दोस्रोमा माओवादी, तेस्रोमा एमाले, चौथोमा जसपालगायत राजनीतिक पार्टीभित्र घात अन्र्तघात हुने देखिन्छ ।
कतिपय राजनीतिक पार्टीका नेता र कार्यकर्ताबिचको फाटोलाई लिएर बागी र विद्रोह गरिराखेका छन् भने कतिपय पार्टीका नेताले उचाल्ने, पैसा खर्च गर्ने र पार्टी अदलबदल गर्न लगाउने र पार्टीबाट अदलबदल गरेर उम्मेद्वारी बनाउने जस्तो समस्याले गर्दा राजनीतिक दलमा समस्या आएको देखिन्छ । खासगरी राजनीतिक पार्टीमा गुट उपगुट खडा गर्नेजस्ता समस्या सबै पार्टीमा हावी भएको छ । राजनीतिक पार्टीभित्र नेपाली कांग्रेसले पुराना इमान्दार, त्यागी कार्यकर्तालाई पाखा पारेर नेपाली कांग्रेस पार्टलाई भजाएर खाने, मनपरी गर्ने, नेताको वरिपरि घुम्ने, गाडी, पजेरो, ठेक्कापट्टा गर्ने, नेता र मन्त्रीलाई चाकडी गरेर नेताको वरिपरि घुम्ने व्यक्तिहरुलाई स्थान दिएको छ भने पुराना र त्यागी नेता कार्यकर्तालाई बाइपास गरेको कारण पार्टीभित्र गुट मौलाएको छ ।
यो रोग एमाले पार्टीमा सहेपछि एमाले पनि फुटेर केपी ओली र माधव नेपालको पात्र बनेको छ । विगत लामो समयसम्म माधव नेपाल खेमा र केपी ओली खेमाबिच लडाई चल्दै आएको थियो । यसपछि माधव नेपालले १५ वर्ष महासचिव चलाएको अवस्थामा एमाले पार्टी ६८ स्थानबाट झरेर ३३ स्थानमा रहेको थियो । फेरी एमाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने र पार्टीलाई ठूलो बनाउने योजनासहित कार्यकर्ताले दबाब दिएका थिए । एमाले कार्यकर्ताले विभिन्न जिल्ला, गाउँ, टोल, सम्पर्क मञ्चदेखि विभिन्न एमालेका भातृ संगठनको जोर बलले गरेर माधव नेपाल र केपी ओलीलाई दबाबमा राखेका थिए । त्यसपछि एमाले र माओवादी एकता भएपछि ठूलो पार्टी बनेर गएको संघीय र स्थानीय चुनाव, प्रदेश चुनावमा पहिलो नेकपा बनेको थियो । नेकपा ठूलो दल भएपछि यसको आधारमा केपी ओली प्रधानमन्त्री बनेका थिए । केपी ओली प्रधानमन्त्री बनेपछि माधव नेपाल, प्रचण्ड, केपी ओली बिचमा भाँडभैलो मच्चाएका थिए । अन्ततः सर्वाेच्चले पार्टी विभाजन गरायो र एमाले एमाले भयो, माओवादी माओवादी भयो । यति भएपछि बिचमा माधव नेपाल, केपी ओली बिचको द्वन्द्वले पार्टी भिाजन गराए । एमाले फुटाएर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका छन् भने माओवादीका प्रचण्डले आठौं सम्मेलन आइपुग्दा अध्यक्ष प्रचण्ड आफैं रहिराखेका छन् भने माओवादी पार्टीमा तत्कालीन नेता लेखराज भट्ट, रामबहादुर थापा बादललगायत एमाले बनेका थिए । अहिले माओवादी पार्टीले महासचिव, सचिव, उपाध्यक्ष चयन नगरी धानिराखेको छ ।
माओवादी भित्रपनि गुटै गुट भएको छ । गुटको मारमा कार्यकर्ता परेका छन् भने गुटमा कार्यकर्ता परे जसरी स्थानीय जनप्रतिनिधि पनि राजनीतिक दलको गुटमा परेर स्थानीय जनप्रतिनिधि बन्नलाई टिकट पाएनन् । यसैको सेरोफेरोमा राजनीतिक दल रुमलिएको छ । यसैकारण नेपालमा विकास भन्दा पनि भद्रगोल भएको छ । उता सबै जनप्रतिनिधिले राजीनामा दिएपछि महानगरदेखि वडासम्मको काम अलपत्र भएको छ । सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *