काठमाडौं । यही वैशाख ३० गते स्थानीय चुनाव सम्पन्न हुँदैछ । राजनीतिक दलका नेता स्थानीय तहको चुनावमा लागेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोसपा, जसपा, राप्रपालगायत सबै राजनीतिक दल स्थानीय निर्वाचनमा तछाडमछाड गरी गाली गलौज गर्नेदेखि भोट फकाउने योजना गरी प्रचार प्रसारमा लागेका छन् भने राजनीतिक दलका कार्यकर्ता बिच एक आपसमा भनाभन गरी राखेका छन् । एकले अर्काको उछितो काटेका छन् । बजारमा ग्यास अभाव भएको छ । ग्यासदेखि अन्य खाद्यान्न सामाग्री व्यापारिले लुकाएका छन् । सरकारले आर्थिक मूल्यको भारलाई देखाउँदै विभिन्न आयातित सामानमा प्रतिबन्ध लगाएपछि ठूला ठूला व्यापारीले सीमा नाकामा होलसेल पसल खुलाएर व्यापार व्यवसाय गर्दै आएका छन् । प्रतिबन्धित आयातित सामानलाई प्रतिबन्ध लगाएपछि भित्र रुपमा भन्सार छली रातारात सामान चोरी पैठारी गरी ल्याएर महंगो मूल्य राखेर बिक्री वितरण गरिराखेका छन् ।
ठुला घरानाका व्यापारीले कालोबजारी चलाएका छन् । यस्तै बैंक सञ्चालक र बिचौलिया मिलेर अधिकाशं खोला किनारदेखि डाँडापाखाको जग्गा बैंकमा राखी राखी बैंकबाट पैसा निकालेर विभिन्न व्यक्तिलाई मिटर ब्याजमा लगानी गरी राखेका छन् । बैंकबाट लोन लिन विभिन्न शिर्षकबाट बैंकबाट लोन निकाल्ने र सो पैसा मिटर ब्जायमा लगाउने गरेका छन् । बजार महंगिएको छ । बजारमा विभिन्न सामाग्रीदेखि कच्चा पदार्थ मदिरा चुरोट, खैनी, टेलिभिजन, मोटरसाइकल, गाडी घर बनाउने, फलामे डण्डीदेखि एम्बुलेन्स गाडी, घर बनाउँदा लगाउने सामान यावत सामानको मूल्य बढेको छ । कृत्रिम अभाव फैलाएर व्यापारीले कालो बजार चलाएका छन् । गठबन्धन सरकार आफैं भूमरीमा फसेको छ भने प्रतिपक्ष दल एमाले यस्ता विषयमा बोल्न समेत सकेको छैन । खाली गठबन्धन सरकारको विरोध गरिराखेको छ । स्थानीय तहमा चुनाव जित्न सकिन्छ कि सकिँदैन भन्दै महंगी र भ्रष्टाचारको बारेमा मुख खोलेको छैन । गठबन्धन सरकारले स्थानीय तहमा तालमेल गर्ने भनिरहँदा बागी र विद्रोह खडा गरिराखेका छन् ।
मुख्य मुख्य ठाउँमा बागी उम्मेद्वारलाई फिर्ता गर्न सकेको छैन भने विभिन्न राजनीतिक दलले आफ्नै तालमा चुनावी घोषणापत्र जारी गरेका छन् । यो भन्दा पहिलाको सरकार र राजनीतिक पार्टीले पनि चुनावी घोषणापत्र जारी गरेका थिए । नेकपाको सरकारले गरेका घोषणापत्र कति लागु भए, यस्तै नेपाली कांग्रेसले घोषणा गरेको घोषणापत्र कति लागु गरेर विकास गरे, स्थानीय तहमा जनप्रतिनिधिले ५ वर्ष सरकार चलाए पनि विकासको नाममा विनास गरेका छन् । केवल पार्टीको कार्यकर्तालाई पोस्ने काम गरे । भेला, गोष्ठी, जुलुस नारामा स्थानीय सरकार रमाएको थियो । यसपाली पनि पार्टीको लागि भनेर कार्यकर्ता पहिलाको जस्तो खट्ने अवस्था छैन । राजनीतिक पार्टीमा नेता र कार्यकर्तालाई चुनाव लागेको छ । जनतालाई गास, बास र कपासको खडेरी लागेको छ । बजार मूल्य बढेर बिहान बेलुका छाक टार्न नसक्ने अवस्था भएको छ । रोजी रोटी नपाएर विदेसिनु परेको छ । यस्ता कुरामा राजनीतिक दलले स्पष्ट भिजन ल्याउन सकेको छैन । खाली जनतालाई बेवकुफ बनाउने काम राजनीतिक दलले गर्दै आएका छन् । महंगी भ्रष्टाचार बढेको छ । महंगी नियन्त्रण गर्न चासो सरकारले राख्दैन । प्रतिपक्ष दल केही बोल्दैन । यस्ता कुरामा एमाले चुपचाप बसेको छ । जताततै बिचौलियाको सञ्जाल छरिएको छ । व्यापारीमा बिचौलिया राजनीतिमा बिचौलिया, कर्मचारीभित्र बिचौलिया, सुरक्षा निकायमा बिचौलिया, कृषिमा बिचौलिया, पत्रकारमा बिचौलिया, स्कुलमा बिचौलिया, कलेजमा बिचौलिया, सर्वाेच्चमा बिचौलिया, सबैतिर बिचौलिया हावी भएका छन् । कसैले भनेको सुन्दैनन् र मान्दैनन् । किनकि राजनीतिक दलमा नीति निर्माण, पद्दति हराएको छ । जहाँ नीति नियम, कानून लागू हुँदैन । त्यहाँ बिचौलियाले खेल्ने ठाउँ पाएका छन् । यसकारण नेपालको राजनीतिक दल असफल हुनु भनेको देश असफल हुनु हो । जहाँ नीति नियम, कानुन पालना हुन्छ, त्यहाँ राजनीति सफल हुन्छ र देशमा विकास हुन्छ । नेपालमा सरकार भनेको ब्यूरोक्रेसी भएको छ । मुख्य सचिवले भनेको सचिवले मान्दैनन । सचिवले भनेको कर्मचारीले मान्दैनन् । यस्तै शिक्षक भनेको विद्यार्थीले मान्दैनन् । सरकारले भनेको सर्वाेच्चका न्यायाधीशले मानदैनन् । प्रधानसेनापतिले भनेको सिपाहीदेखि अन्य दर्जाका कर्मचारीले मान्दैनन् । सुरक्षा फौजमा आईजीपीले भनेको सिपाही, हवल्दारदेखि उच्च कर्मचारी मान्दैनन् । सबै क्षेत्र र सबै निकायमा नीति नियम पालना नहुँदा देशको विकास हुँदैन । विदेशीले खेल्ने ठाउँ पाउँदै आएका छन् । राजनीतिक पार्टीमा सबै क्षेत्र वर्ग भेगदेखि छिन्नभिन्न भएको अवस्था छ । कुनै पनि पार्टीमा नीति नियम कानूनको बारेमा नीति निर्माण र लागु गर्न नसक्दा नेपालको राजनीतिक दल फितलो बन्दै गएको छ ।