अर्थ र पर्यटनमा बसेर राज्यको सम्पत्तिमा आँखा लगाउने कर्मचारी

समाचार

काठमाडौं । नेपालको ब्यूरोक्रेसीभित्र एक पछि अर्काे खेलोफड्को भएको बताइन्छ । पुराना र लोक सेवा पास गरी जागिर खाएका कर्मचारी यता न उता भएका छन् । खासगरी लोकसेवा पास गरी क्षमता र कार्यदिशा अनुसारको जिम्मेवारी नपाएको कर्मचारीको गुनासो छ । राजनीतिक दलको सोर्सफोर्स हावी भएको र पढेर लोकसेवा पास गरेका कर्मचारीलाई बाइपास गरेको आरोप कर्मचारीभित्र हुने गरेको छ । एउटा कार्यालयबाट अन्य कार्यालयमा जानको लागि राजनीतिक सोर्सफोर्स चाहिने, सोर्सफोर्स नभएका कर्मचारी ८ घन्टा खट्नुपर्र्ने, सोर्सफोर्स भएकाहरु हाटा गरी भाग्ने, महिना पुगेपछि तलब खातामा जम्मा भैहाल्नेजस्तो काम भएका छन् । लोकसेवा आयोग पास गरेर क्षमता देखाएर जागिर खान नसकने अवस्थामा पुगेको एक पीडित कर्मचारीले तामाकोशी सन्देशलाई बताएका छन् । जागिर खाएर एउटा राजनीतिक पार्टीको संगठनमा नबसे खैरियत नहुने रहेछ भन्दै थिए कर्मचारी ।
राजनीतिक पार्टीको र्सगठनमा लाग्ने कर्मचारी जहिले पनि मालदार ठाउँमा पुग्ने, भ्रष्टाचार गर्ने, राजनीतिक पार्टीलाई चन्दा दिने, नेतालाई कोसेली पु¥याउने गरेका छन् । जस्तै उदाहरणको लागि पर्यटन मन्त्रालयमा बसेर १२ देखि १५ वर्षसम्म एउटै मन्त्रालयमा रमाउँदै आएका मोहन घिमिरेले विभिन्न देशी विदेशी कर्मचारीलाई हिमाल आरोहण गर्न लगाएर प्रतिव्यक्ति ५ देखि ७ लाख असुल्दै आएको आरोप छ । मोहन घिमिरे पर्यटनमा बसेर अन्य स्थानीय तथा प्रदेश तहमा नजाने कर्मचारीमा गनिँदै आएका छन् । कर्मचारीको नेता भएपछि मोहन घिमिरेको फुर्ति फार्ति बेग्लै भएको बताइन्छ । कर्मचारीलाई मालदार अड्डामा खटाउने र मोहन घिमिरेले भनेको मान्छेलाई भनेको ठाउँमा नपठाए आमाचाकडी गाली गर्ने गरेको आरोप कर्मचारी भित्रबाट उठ्नेगरेको छ ।
यस्तै मोहन घिमिरेजस्ता कर्मचारी नेता सबै राजनीतिक संगठनभित्र थुप्रै कर्मचारी रहेका छन् । तर ब्यूरोक्रेसीभत्र यस्तो खेलोफड्को गर्ने नेता धेरै रहेका छन् । खासगरी नेपाली कांग्रेस समर्थक नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले दुई कार्यकाल अध्यक्ष खाँदैछन् । उनको सरुवा अर्थमन्त्रालयबाट अन्यत्र भएको छैन । उनले कर्मचारी सरुवा बढुवा गरी ठूला आर्थिक लाभ हासिल गरेको आरोप लागेको छ । उनले तत्कालीन निजामती कर्मचारीको अध्यक्ष भएपछि संगठनमा बसेर नेपाल निजामती युनियन समर्थक कर्मचारीलाई बाइपास गरी मालदार मन्त्रालयमा आफ्ना वरिपरिका कर्मचारी खटाएर राम्रो आर्थिक लाभ हासिल गरेको आरोप लाग्दै आएको छ । सो आर्थिक लाभबाट दोस्रो कार्यकालको अधयक्ष समेत उनले पड्काएका छन् । के नेपाल निजामती कर्मचारी युनियनमा गोपाल पोखरेलजस्ता कर्मचारी अन्य छैनन् भन्दै एक कर्मचारीले आक्रोश पोखेका छन् । यस्ता कर्मचारीले गर्दा भ्रष्टाचार बढेको छ । कर्मचारीको नेता बन्ने, नेताको वरिपरि घुम्ने, आफ्ना मान्छेलाई घरपायक पर्ने ठाउँदेखि मालदार अड्डामा राख्ने, राजनीतिक सोर्सफोर्समा जागिर खाएका, ज्यालादारी, करार, अस्थायी कर्मचारीलाई गाडी सुविधा, पेट्रोल, डिजेल दिने, ओटी दिने जिल्ला भ्रमणमा पठाउने, तालिम दिने, मिटिङ भत्ता दिने गरेका छन् भने लोकसेवा लडेर जागिर खाएका कर्मचारीलाई तन्नम बनाउने गरेका छन् । यतिमात्र नभएर कर्मचारी नेताले सरकारी गाडी प्रयोग गर्ने, सरकारी पैसामा मोबाइलको बिल तिर्न लगाउने, सरकारी कुपनबाट तेल प्रयोग गरी विभिन्न जिल्ला भ्रमणमा जाने, विभिन्न जिल्ला, प्रदेश र स्थानीय निकायमा बसेका कर्मचारीलाई फोन गरी हामी तपाईंको जिल्ला आउँदैछौं भनेर फोन गर्ने र प्लेन चढेर प्रदेश जिल्ला जाने, घुमघाम गर्ने, खातेपिते प्रदेश कार्यालयका कर्मचारीले गर्ने होटल लजको व्यवस्था स्थानीय कर्मचारीले गर्ने गरेका छन् । यस कारणले राज्यको सम्पत्ति माथि ब्यूरोक्रेसीले रजाईं गरेका छन् । अहिले कर्मचारीलाई हप्तामा २ दिन विदा दिने निर्णय सरकारले गरेपछि स्वागतयोग्य भन्नेमा गोपाल पोखरेल पहिलो भएका छन् । ब्यूरोक्रेसीले विरामी विदा र घर विदा बाहेक वर्षमा ४५ दिन पाउने गरेका छन् भने हप्तामा २ दिन विदा दिने भएपछि वार्षिक न्यूनतम चाडवाडबाहेक १५० दिन विदा पाउने छन् । विदाको दिन पनि कर्मचारीले गाडीको तेलको सुविधा पाएका छन् भने कर्मचारीले टुर भ्रमणमा जाँदा समेत स रकारी सुविधा भोग गरिराखेका छन् । कर्मचारीले मात्र सुविधा लिएका छैनन्, तेलको कुपन, गाडी सुविधा राजनीतिक दलले लिएका छन्, तेलको कुपन, गाडीको सुविधा राजनीतिक दलका नेताले विभिन्न राजनीतिक संगठनका भातृ संगठन एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा लोसपादेखि सबैले लिने गरेका छन् । यसरी राज्यको ढुकुटी ब्यूरोक्रेसी र राजनीतिक पार्टीका नेतादेखि कार्यकर्ताले राज्यको सम्पत्तिमा खेल्न थालेका छन् । राज्यको सम्पत्तिमा मनपरी गरेर राज्यको ढुकुटीमा रजाईं गर्दै आएका छन् । यस्ता कर्मचारी र नेतालाई कारबाही गर्ने हिम्मत कसैसँग छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *