सरकारले महंगी बढाउँदै चन्दा असुल्दै

समाचार

काठमाडौं । गठबन्धन छ तर देशमा सुशासन र शान्ति छैन, आम उपभोक्तालाई सताउने गरी बजारमा ग्याँसको चरम अभाव सिर्जना गराई कालोबजारी व्यापारीले चलाएका छन् । तर पनि प्रधानमन्त्रीदेखि सत्ता गठबन्धनका नेताले चासो दिएका छैनन् । आपूर्ति मन्त्रालय १० महिनासम्म खाली राखेर सरकारले बजार व्यवस्थापनमा ध्यान दिएन । प्रधानमन्त्री देउवाले लामो समयसम्म सरकारालई पूर्णता दिन सकेनन् । अहिले पनि रक्षामन्त्री आफैंले राखेका छन् । सरकारले जनताको जीवनसँग खेलवाड गर्दैछ । यो सरकारले जनताको जीवनसँग जोडिएको कुनै पनि विषयमा चासो दिएका छैनन् ।
कम्युनिष्ट सरकार केपी ओलीको शासनमा पनि जनताले शान्ति पाएनन् । अहिले बजारमा चरम अभाव र मुल्यवृद्धि छ । तर कांग्रेसका कार्यकर्ताले पेट्रोलियम ढुवानी संघ, ग्याँस विक्रेता संघको नाममा जनतालाई महंगीमा पारेका छन् । चुनावको समयमा कालोबजारी चम्काएका छन् । तिनै हुन् जसले इन्धनमा कालोबजारी गर्न सहयोग गरेका छन् । सरकार छ, सरकारालई महंगीको चासो छैन । प्रमुख प्रतिपक्ष पनि छ । त्यसले न त महंगीविरुद्ध आवाज उठाउँछ, न त भ्रष्टाचारकै विरोध गर्छ । नैतिक रुपमा एमाले नेतृत्वले त्यो ठाउँ राखेको छैन । बजारमा ग्याँसको हाहाकार बनाएर व्यापारीले खाद्यान्न बढाएर कमिसन बढी खाने काम ग्याँस विक्रेता संघले गरेको छ । आयल निगम दैनिक १५० मेट्रिक टन ग्याँस भित्रिएको बताउँछ । तर बजारमा ग्याँस छैन । अनुगमन पनि छैन । कालोबजारी चलाउनेले चलाईरहेको छन् । दलहरुले नै कालो बजार गर्नेबाट चन्दा असुलेका छन् । जनतासँग कुनै सरोकार नराख्नेहरुले चुनावमा जनता ढाँट्न जे जस्तो आश्वसान बाँडेपनि पत्याउने ठाउँ छैन । राज्य संचालकहरुले देश र जनताको सरोकारका विषयलाई ध्यान दिएका छैनन् । यो समस्याको बारेमा कसले निगरानी राख्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *