कांग्रेस पार्टीभित्र गुट हावी

समाचार

काठमाडौं । वामपन्थी सरकारका नेता केपी ओली कै सत्ताको कारणले उब्जेको गठबन्धनभित्र नेपाली कांग्रेसले विश्वास गुमाएको छ । सबै ठाउँमा प्रमुख उम्मेद्वार कांग्रेसले पाउने भएपछि किन चाहियो गठबन्धन । संविधान विरोधी र लोकतन्त्रको विरोधी एमालेको ओली सरकारले परास्त ग¥यो भनिएता पनि कांग्रेसका नेता कार्यकर्तालाई त्यसमा चासो न त चिन्ता छ । जताततै कांग्रेसलाई नै मेयर, उपमेयर दिनुपर्ने भएपछि पोखरा, विरगंज, भरतपुरमा किन गठबन्धनको खाँचो छ ? र काठमाडौंमै वामपन्थी उम्मेद्वारले कसरी जित्छ ?
कांग्रेसका अराजक र घमण्डी डा.शेखरलाई मोरङमा गठबन्धन चाहिने तर माओवादीले मेयर पाएको भरतपुर, जसपाले मेयर पाएको विरगंज, एकीकृत समाजवादीले मेयर पाएको पोखरामा कांग्रेसले बागी किन उठायो ? एमालेले उठाएको मेयरको तुलनामा महानगरमा मेयर गठबन्धनले सहज जित्ने वातावरण थियो । तर कांग्रेसकै कारण भरतपुर, विरगंज, पोखरा गुम्यो भने सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री गठबन्धनका अन्य दललाई दिन्छन् ? यो प्रश्न अब उठ्नुपर्छ । किनकि गठबन्धनबाट फाइदा कांग्रेसले मात्रै लियो, अरुलाई छैन भनिँदैछ ।
नेकपा एमालेको लागि महानगरहरु असुरक्षित छन् । पोखरामा कांग्रेसले पहिले पनि पराजित भोगेको थियो । विरगंजमा पनि पराजित भएकै हो । माओवादीसँग कांग्रेसको गठबन्धन मिलेको थियो । पहिला पनि माओवादी र कांग्रेसे मिल्दा चुनावमा एमालेलाई हायल कायल बनाएकै थियो । किनकि कांग्रेस नै सत्ता गठबन्धनको मालिक थियो र हो । तरपनि कांग्रेसभित्र डा.शेखर कोइरालाहरु गठबन्धनमा वामपक्षधर बन्न सकेनन् । कांग्रेस एकजुट हुन नसकेका कयौं स्थानहरु छन् । मोरङमा कांग्रेसको उम्मेद्वारलाई अत्याउन एमाले नै काफी छ । त्यहाँ जसपा घाइते भएको छ । केन्द्रदेखि जिल्लासम्म यसपटक कांग्रेस र एमाले मात्र भिड्ने अवस्था थिएन । तर सहयात्रीहरुले विश्वासघात गर्दा भोलिको बाटो बाँकी रहँदैन भन्ने कुरा कांग्रेसका नेताले बुझ्दैनन् । जसले डा.शेखर कोइराला र केपी ओलीको घमण्ड र दम्भ नै निकोटिन मान्न लगायो । कांग्रेस भित्र धेरै गुट र उपगुट छन् । प्रत्यक नेताको मान्छे मेयरको उम्मेद्वार भएका छन् । सभापति देउवा र रामचन्द्र पौडेल डा.शेखर कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौलादेखि कर्ण मल्लले विद्रोह गरेका छन् । ठुलाले सहनु सानाले घुक्र्याउनु चुनावी रणनीति हो भन्दा पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *