पाँच दलको गठबन्धन भित्र घातैघात

समाचार

काठमाडौं । पाँच राजनीतिक दलले गठबन्धन गरेर संविधान र व्यवस्था माथि नै घात गर्ने प्रवृत्तिको विरुद्ध एक भएको सत्ता गठबन्धनमा कांग्रेस पार्टीको नाममा बागी उम्मेद्वार उठेर घात गरिँदैछ । कांग्रेस पार्टीले पाएको उम्मेद्वार काठमाडौं, ललितपुर र विराटनगरमा सत्ता साझेदारको बागी भएनन् । तर कांग्रेसले पोखरा, भरतपुर र मोरङमै सत्ता गठबन्धन माथि बागी उठाएर रमिता प्रदर्शन गर्दै छ । यस पटक कांग्रेसमा डा.शेखर कोइरालाको टोली नै बागीको संरक्षक भएका छन् । कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा कर्ण मल्ललाई एमालेसँग मिलाएर संसदको चुनावमा मोरङबाट एमालेका नेता लालबाबु पण्डितमाथि एमालेबाटै घात गराउने योजना बनाएका छन् ।
नेपाली कांग्रेसले भरतपुरका जगन्नाथ पौडेललाई फिर्ता गराउन सकेन । पोखरामा विमल कार्की बागी नै छन् । विराटनगरमा माओवादीकी शारदा मैनाली, जनमोर्चाका र्टक गौतमले मेयर पदका बागी उम्मेद्वार फिर्ता लिँदा जसपाकै बागीले फिर्ता लिएनन् । घात अन्तर्घात कांग्रेसी रोग हो । कांग्रेसले स्व.नेता कृष्णप्रसाद भट्टराईविरुद्ध खुलेर घात गर्दा स्व.गिरिजा कोइरालाको पुत्ला दहन गर्ने पनि थिए । यसपटक ३५ हजार २२१ पदको लागि १ लाख ५३ हजार २२२ जनाको उम्मेद्वारी परेको छ । बागी उम्मेद्वार ८ हजार ३३ जनाले फिर्ता लिएका छन् ।
नेपाली कांगे्रसको कायृकर्तालाई समयमा सचेत गराएको भए यस्तो अवस्था आउने थिएन । भरपुर पोखरामा गठबन्धन असफल हुँदा दोषी कांग्रेस नै हुनेछ । किनकि ती ठाउँमा माओवादी र समाजवादीको उम्मेद्वार प्रमुख पदमा छन् । यसपटक उम्मेद्वार बढण्ी दिने एमाले भएको छ । एमालेले ३३ हजार ५ सय ३ जना, कांग्रेसले ३१ हजार ४ सय २५ जना, माओवादीले २२ हजार २ सय ८१ जना, जनता समाजवादीले ९ हजार ४ सय ८१ जना, एकीकृत समाजवादीले ११ हजार ३ सय ३० जना उम्मेद्वार उठाएका छन् । सरकार गठबन्धनमा मात्र होइन, विपक्षी गठबन्धन एमाले भित्र पनि असन्तोष र आक्रोश घटेको छैन । चुनावी माहोल जनता केन्द्रित छैन । भ्रष्टाचार र बेथितिको कारण यो अवस्था आएको छ । दलहरु स्वार्थमा डुबेको कारणले चुनावमा राम्रो होइन, गुटले ठाउँ लिने गरेको छ । सरकार पक्षमा समेत यो भद्रगोल छ ।
संसदीय चुनावमा बहुमतको निर्णय मान्ने अल्पमतको भनाई र गराई पार्टीको सम्पत्ति बनाउने भनेका छन् । तर नेपालमा बहुमतको नाममा अध्यक्ष र सभापतिको गुट गठबन्धनबाट आउने निर्णय नै जबर्जस्ती लाद्ने गरिएको छ । यो अवस्थाको जिम्मेवार कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका प्रचण्ड, जसपाका उपेन्द्र यादव र बाबुराम, लोसपाका महन्थ र राजेन्द्र भएपनि एकीकृत समाजवादीमा भने त्यस्तो खुला गुटबन्दी देखिएको छैन । पार्टीको रुपमा स्थापित दलहरुले सामुहिकताको ख्याल गरेका छैनन् । एकलौटी निर्णयको सुत्रधार एमालेका केपी नै भएका छन् । तर कांग्रेसले गठबन्धन भित्रको मित्रतालाई गुणको रुपमा ग्रहण गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *