एमालेभित्र १० बुँदे आउट

समाचार

काठमाडौं । पार्टीमा हालै प्रवेश गरेका अर्थात नयाँ भित्राइएकाहरुलाई जिम्मेवारीको भारी बोकाएको एमालेभित्र पूरानै कार्यकर्ता भने फेरि निराश हुनुपर्ने स्थितीमा पु¥याइएका छन् । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा नयाँ भित्राइएकाहरुलाई अवसर दिइएपनि पूराना एमालेलाई वाइपास गरिएको छ । त्यसमा पनि दश बुँदे पक्षधर अर्थात हिजो माधव नेपालसँग निकट भएकै आधार र कारणले ।
नेकपा एमालेको आन्तरिक एकता कायम गर्ने उद्देश्यका साथ १० बुँदे सम्झौताका पक्षधरहरुको बेहाल प्रारम्भ भएको छ । बालकोटले अहिले स्थानीय तहको निर्वाचनको संघारमा एमालेका दश बुँदे पक्षधर रहेकाहरुलाई बिल्लीबाठमा पारिएको हो । स्थानीय तहको निर्वाचनमा दश बुँदे पक्षधर रहेकाहरु निर्वाचनमा आकाक्षी थिएर उनीहरुले आकाक्षा राख्नु स्वभाविकै पनि थियो तर नयाँ नयाँ भित्राइएका नेता तथा कार्यकर्ताले टिकट पाउँदा एमालेमै लागेर जीवन र जवानी बिताएका कतिपय पाका नेताहरुमाथि समेत अन्यायपूर्ण व्यवहार भएको छ । हिजो माधव नेपाल पक्षधर भएकै कारण केहीले टिकटै पाएनन,केहीले पाएको टिकट पनि खोसिएको छ । पार्टी अध्यक्षले दश बुँदे पक्षधरलाई दुख दिन थालेको यो मात्र पहिलो पटक होइन । अन्तिममा माधव नेपालको साथ छोडेर केपी ओलीलाई रोजेका दश भाइ अहिले रनभूलमा परेका छन् । कारण हो, न ‘जेठ २’ न १० बुँदे ।
३० वैशाखमा हुने स्थानीय तहको लागि रसुवाको उत्तरगयाँ गाउँपालिकाबाट अध्यक्षको उम्मेद्धार उठाइयो माधव अर्याललाई । उनी जिल्लाकै पहिलो एमाले केन्द्रीय सदस्य । जो दश बुँदे पक्षधर नभएको भए सिधै संघीय सांसदको टिकटका दावेदार,अहिले उनैलाई पालिकाको अध्यक्ष लड्न पठाइएको छ । यो जस्तो अपमान अरु के होला ? उता नुवाकोटमा उस्तै छ ,त्यहाँ हालैको महाअधिवेशनबाट केन्द्रीय सदस्य बनेकी उषाकिरण तिमिल्सिनाले जिल्लाको तारकेश्वर गाउँपालिकाबाट अध्यक्ष पदमा लड्न चाहेकी थिइन,उनले सोही ढंगले प्रचार प्रसार र लबिङसमेत गरेकी थिइन तर दश बुँदे अर्थात पहिला माधव नेपाल निकटस्थ भएकै आधारमा उनले टिकट पाइनन । यसरी ओलीबाट राजनीतिक प्रतिशोधका शिकार हुनेहरुमा माधव अर्याल र उषाकिरणमात्र होइनन् । हरेक जिल्ला जिल्लामा छन् । जो पार्टी फुट्नु अघि माधव नेपाल पक्षधर थिए र पार्टी टुटेपछि एकताको पक्षमा उभिए तिनैको बिल्लीबाठ पारिएको छ । यस्तै लालबन्दी नगरपालिकाबाट मेयर उठ्ने तयारीमा थिए मानबहादुर खड्का,जस्ले उम्मेद्धारी समेत दर्ता गराइसकेका थिए त्यहाँ उनको टिकट खोसेर एमालेले गोबिन्द महतलाई टिकट थमाएको छ । यस्का अलवा प्रदेश नम्बर १ बाट पूर्व मन्त्री जीवन घिमिरेहरु विराटनगरबाट मेयरका आकाक्षी थिए । मन्त्रीबाट ओर्लिएर उनी मेयर हुन तयार थिए तर प्रदेश कमिटिले पठाएको नाम बालकोटमा पुगेर काटियो कारण हिजो माधव नेपाल पक्षधर हुनु । ओलीकै गृहजिल्ला झापाबाट उपमेयरको रुपमा चर्चामा थिइन चन्दा श्रेष्ठ उनको हविगत पनि तिमल्सिना,खड्का,घिमिरेकोझैं बनाइयो । यस्तै सिन्धुपलाञ्चोकको बाह्रविसे नगरपालिकामा सुशीला पाख्रिन पनि उपमेयरको दाबीमा थिइन् । एमालेले पाख्रिनलाई पनि टिकट दिएन । यस्ता विकृती काभ्रे,काठमाडौंसम्म पनि देखिएको छ । जस्तो काभ्रेको पाँचखाल नगरपालिकाको उपमेयरमा दाबी गरेकी भक्तकुमारी लामा । उनी हिजो माधव नेपाल निकट अर्थात एमालेभित्रको अन्तरविरोधमा १० बुँदे पक्षधर यही कारण उनको हातमा टिकट लागेन । उसैगरी काठमाडौंको मेयरको आकाक्षीमात्र होइन सिफारिसै परेकी इन्दिरा पन्तको नाम काटेर अन्तत बालकोटले यौन हिंसाको आरोप खेपिरहेका केशव स्थापितलाई मेयरको टिकट दिइएको छ । जुनदेखि उनले टिकट पाए त्यही दिनदेखि मि टु को अभियन्ताहरुले स्थापितद्धारा यौन हिंसा गरेकी रश्मिला प्रजापतिहरुले यो आवाज अझैं उचोँ पारिरहेका छन् । काठमाडौंबाट मेयरको आकाक्षी थिइन इन्दिरा पन्त । पन्तले टिकट नपाउनुको कारण बन्यो उनको श्रीमान बसन्त मानन्धर । मानन्धर माधव नेपाल पक्षधर, बागमती प्रदेश सरकारको मन्त्रीसमेत भए र अहिले काठमाडौं जिल्लाको इञ्चार्ज छन् । बरु काठमाडौंबाट यौन ंिहसाको वात खेपिरहेका स्थापितदेखि हिजो काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यको सल्लाहकार भएर योग्यता ठाँटेर जागिर खाएकी सुनिता डंगोललाई उपमेयरको उम्मेद्धार बनाइएको छ । उनीविरुद्ध अख्तियारमा समेत भ्रष्टाचारको मुद्धा दायर भएको छ । काठमाडौं महानगरपालिका भनेको पिएलसिंह बाहेक सदैवजस्तो कम्युनिष्टले मेयर जितेर चलाएको ठाउँ हो । अहिले उम्मेद्धारकै कारण एमालेलाई अप्ठ्यारो पर्न सक्ने टिप्पणी गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *