एमाले उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु बम नभएको पुष्टि

समाचार

काठमाण्डौं । स्याङ्जामा एमाले उम्मेदवारको घर जाने बाटोमा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

भिरकोट नगरपालिका एमालेबाट मेयरका उम्मेदवार विश्वनाथ अर्यालको घर जाने बाटोमा प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ६ः२५ बजेतिर घर नजिकै प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो । शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै नेपाली सेनाको समिरजित गुल्मबाट क्याप्टेन अनुपम अर्यालको कमान्डमा बम डिस्पोजल टोली खटिएको थियो । डिस्पोज गर्ने क्रममा कुकरभित्र पाँचवटा सानो ढुंगा र लाइटमा प्रयोग हुने एक थान ब्याट्री भेटिएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *