एमाले अध्यक्ष ओलीद्वारा भृकुटी मण्डपमा अन्तिम चुनावी सभा सम्बोधन 

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम चुनावी सभा गर्ने भएको छ। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। चुनावी सभाको सबै तयारी पुरा भएको एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले बताए।

देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावीसभा गर्न लागिएको उनको भनाइ छ। आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आआफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले बताए।

बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थानबाट चुनावी जुलुस सुरु हुनेछ। उक्त जुलुस भृकुटी मण्डपमा पुगेर चुनावी सभामा सहभागी हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *