अमेरिकी डलर अहिलेसम्मकै महंगो

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र ब्यांकले २७ वैशाखका लागि तोकेको सटही दरअनुसार डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रुपैयाँ २५ पैसा छ। डलर नेपाली मुद्रा बजारमा यो विन्दुमा उक्लिएको पहिलो पटक हो। अब, नेपाली मुद्रा तिरेर डलर सटही गर्न चाहनेले एक डलर लिन १२४ रुपैयाँ २५ पैसा तिर्नुपर्छ।

डलरसँग भारतीय मुद्रा लगातार कमजोर बनेपछि त्यसको असर नेपाली मुद्रामा पनि देखिएको हो। नेपालको मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमयदर छ।

भारतीय मुद्राको डलरसँगको विनिमयदर उतारचढाव हुँदा स्वतः त्यसको असर नेपाली रुपैयाँमा पर्छ। डलरको मूल्य बढ्दा विदेशबाट आयात गर्ने सामान महंगो हुनपुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *