फिल्म हनी बनीमा अभिनेत्री जसिता गुरूङ अनुबन्धित

मनोरञ्जन समाचार

काठमाडौं । फिल्म हनी बनीमा अभिनेत्री जसिता गुरूङ अनुबन्धित भएकी छिन्। निर्देशक दिवाकर भट्टराईले जसितासँग सम्झौता भइसकेको जानकारी दिएका छन्।

यसअघि फिल्मको मुख्य भूमिकामा अनमोल केसी र सारा सिर्पाइली देखिने पक्का भएको थियो। तर उनीहरू फिल्मबाट बाहिरिएसँगै साराको सट्टामा जसिताको इन्ट्री भएको हो। मुख्य अभिनेत्री पक्का भए पनि मुख्य अभिनेताको भने टुंगो लाग्न सकेको छैन।

रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको कथा भट्टराई स्वयंले लेखेका हुन्। एबी इन्टरनेशनल ब्यानरमा बन्न लागेको फिल्मका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *