कता हराए गौतम र थापा

समाचार

काठमाडौं । पर्सी शुक्रबार हुने निवाचनको कारण सबै जसो दल र नेता चर्चामा रहे पनि गत मंसिरमा भएको एकताको महाधिवेशनमा अध्यक्षका लागि भएको निर्वाचनमाराजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले आफुलाई पूवराजा ज्ञानेन्द्रले षड्यन्त्र गरेर हराए भनेर चर्चामा आउने प्रयाश गरेका थिए । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी एक समयमा आफैंले नेतृत्व गरेको राप्रपा नेपाललाई पुनर्गठन गरेर पार्टीको अध्यक्ष भएका थिए र अध्यक्ष थापाले नेकपा एमाले अध्यक्ष के. पी. ओलीसँग राप्रपा नेपालले एमालेको सूर्य चिन्ह लिएर स्थानीय चुनाव लडने सहमती गरे भन्ने समाचार सार्वजनिक भएको थियो । तर यही वैसाख ११ र १२ गते पर्सी ३० गते हुने चुनावलाई लिएर उम्मेदवारी दर्ता गर्दा देखि हिजो प्रचार प्रशार सकिँदासम्म राप्रपा नेपालको अध्यक्ष थापाको कतै चर्चा भएन र अध्यक्ष थापा र राप्रपा नेपालको गतिविधि पनि देखिएन । यसैगरी राप्रपा नेपालले सूर्य चिन्हबाट कति उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ भन्ने पनि स्पष्ट भएको छैन । तर अध्यक्ष थापाका विश्वास प्राप्त पार्टीका नेताद्वय उपाध्यक्ष उद्धव पौडेल र कोषाध्यक्ष चन्द्र बहादुर गुरुङले राप्रपा नेपाल नै परित्याग गरे ।
उता राजनीतिमा सधै तातो चर्चामा रहने कम्युनिष्ट नेता वामदेव गैतम पनि निर्वाचनको यो महासमरमा कतै देखिएनन । माधव नेपालले पार्टी परित्याग गर्नु अगाडी देखि नै विवाद र चर्चामा नेकपा एमाले आएदेखि नै सक्रिय राजनीतिबाट किनारा लाग्दै गएका नेकपा एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतम नेपालको नेतृत्वमा एमाले फुटेर एकीकृत समाजवादी गठन भएपछि आफू दुबै पार्टीसँग सम्बन्धित नभएको भन्दै नेकपा एमालेको साधारण सदस्य समेत परित्याग गरेका थिए । यसरी नेकपा एमालेको उपाध्यक्ष तथा साधारण सदस्य समेत परित्याग गरेका वामदेव गौतम स्थानीय निर्वाचनको चर्को राजनीति दल र नेताहरुलाई लागि रहँदा पनि पर्दा पछाडि बसेको अवस्था छ । समाचार सुत्र अनुसार स्थानीय निर्वाचनको परिणामलाई हेरेर गौतम एकीकृत समाजवादीमा प्रवेश भनिन्छ । तर वामदेवले केही बोलेका छैनन् । उनी चुपचाप बसेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *