प्रहरीभित्र थापाको चलाखी

समाचार

काठमाडौं । आखिर नेपाल प्रहरीका एआईजी सहकुल थापा सर्वाेच्चमा नजानुको रहस्य खुल्यो जुन दिन एआईजी विश्व पोखरेल सर्वाेच्च गए । एमाले विभाजन गर्न माधव नेपाललाई उचालेर एमालेका अधयक्ष केपी ओलीको सहयोगी बन्न पुगेका १० भाईको हालत कुहिएको फर्सीजस्तै भएको छ । त्यही हालत प्रहरीको आईजीपी पदको लागि भएको छ । आफैं वरिष्ठ भएकाले धिरजप्रताप सिंहलाई आईजीपी बनाउँदा आफु अन्यायमा परेको गुनासो न्यायाधीशसँगै वेञ्चमा बसेर गुनासो गरे । एआईजी पोखरेलको लागि त्यही दिन संकटले छोयो जुन दिन सरकारले धिरजप्रताप सिंह र बसन्त पन्थ, रविन्द्र धानुकलाई एआईजीपी बनायो ।
एक महिना पुरा अवधि पार नलाग्दै पन्त अवकाश भए । तर सरकारले चाहँदा अघिल्लो साता सचिव भएर पछिल्लो साता अवकाश पाएका सचिव पनि छन् । एआईजीपी पोखरेल भन्दा वरिष्ठ प्रहरी अरु थिएनन् । उनी डीआईजीको बढुवा र एआईजी बढुवामा राम्र्रै फड्को मारेका प्रहरी थिए । आखिर सहकुलद थापाले सर्वाेच्च नजाने निर्णय गर्नुको कारण गृहमन्त्री बालकृष्ण खाँणबाट पाएको सूचना थियो ।
त्यसो तर धिरजको टोली बढुवाविरुद्ध पनि सर्वाेच्च गएका वरिसष्ठ डीआईजीहरुको मुद्दा त्यही सर्वाेच्चमा थन्किएको छ । सर्वाेच्च अदालतले प्रहरीको अघिल्लो मुद्दा नै बहस गर्ने र टुंगोमा पु¥याउने काम गरेको छैन । तर आईजीपी बढुवाको कुरा दुई दिनमै टुंगियो ।
नेपाल प्रहरीका आईजीपी सिंहलाई यो फैसलाले एउटा अठोटका साथ अगाडि बढ्न सहयोग पु¥यायो । सिंहको विरुद्ध पनि मानव अधिकार हननको आरोप लाग्यो । उनी संगठनमा सक्रिय भएका छन् । सरकारले पन िखाली रहेका एआईजी पदमा निर्वाचन अगावै बढुवा प्रक्रिया थाल्ने अवस्था छैन । किनकि देशमा स्थानीइ चुनावको माहोल चर्किएको छ । प्रहरीको प्रशासन, महानगरीय आयुक्त, अपराध महाशाखा, सीआईबी र तालिम केन्द्रमा एआईजीको दरबन्दी खाली भएका छन् । डीआईजीले नै नेतृत्व गर्ने सस्थागत संरचनाहरुमा एसएसपी पदको हाकिमले कमाण्ड गरेका छन् । ११ महिनाको अवधिमा धिरजप्रताप सिंहले महत्वपूर्ण तिनै तहको चुनाव सम्पन्न गराउने सम्भावना बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *