एमालेमा गएका पाँच भाइ अलपत्र

समाचार

काठमाडौं । माओवादीलाई दुत्कारेर आनन्द लिने पाँच भाई अहिलेको राजनीतिक चटारोमै फुर्सदिला भएका छन् । रामबहादुर थापालाई कमाण्ड धानेका नेता माओवादी त्यागेर धेरै कमाउन एमालेमा गएका लेखराज भट्टको हैसियत पार्टी सचिव भए पनि निर्वाचन परिचालन कमाण्ड बन्न पाएनन् । न त भरतपुरमा रामबहादुर थापा कमाण्डर बन्न पाए । कुरा जति गरे पनि एमाले अध्यक्ष ओलीले प्रदेश तहको स्थानीय कमिटीमा एमालेकै नेतालाई खटाएका छन् । सर्वाधिक चर्चामा रहेका ६ महानगरमा चुनाव परिचालन कमिटीमा ओलीकै मान्छे खटेका छन् । जसले यो बहानामा एमालेको मात्र विजय देख्नेछन् ।
ईश्वर पोखरेल काठमाडौं, सुभास नेम्वाङ मोरङ, प्रदीप ज्ञवाली ललितपुर, पृथ्वीसुब्बा गुरुङ पोखरा, सुरेन्द्र पाण्डे भरतपुर, रघुवीर महासेठ विरगंज महानगरपालिकामा चुनावी कमाण्डर भएका छन् । यी नेताले दिएको चुना पाएको रिपोर्ट ओलीको कानमा पुग्ने गरेको छ । यसको रिपोर्टिङ गर्न विष्णु् रिमाललाई खटाइएको छ ।
नेकपा एमाले नभएकाले बेलामा सर्वाेच्च कमाण्डरलाई चुनाव सम्बन्धी जानकारी गराउन पहिले खजाञ्जी विष्णु रिमाल तोकिएका छन् । सचिव पदकै भए पनि लेखराज भट्ट, टोपबहादुर रायमाझी मात्रै छैनन् । मधेसमा प्रभु साहलाई समेत स्थान दिइएको छैन । ओलीलाई स्थायी कमिटीहरुले दिएको रिपोर्टबाट रामबहादुरदेखि लेखराज भट्टसम्मका गृह जिल्लामा उनीहरुको कारण मात्र एमालेको भोटर लिस्ट बढ्ने अवस्था छैन । त्यही कारणले नेकपा एमालेले पार्टीका पुराना नेता तथा पदाधिकारीहरुलाई नै महानगर, उपमहानगर र नगरको निर्वाचन परिचालन कमिटीको कमाण्डर तोकेको हो ।
पुराना एमाले नेताहरुको ल्याकत हेर्नको लागि ओलीले १२ भाइ मित्र जो जहाँबाट सांसदको प्रतिनिधित्व गर्छ त्यसै जिल्लाको अनुगमन तथा रेखदेखमा खटाएका छन् । १२ भाइ मध्येका रघुजी पन्त भने परेका छैनन् । रघुजीको बसाई काठमाडौं महानगरको वडा नं. १५ बिजेश्वरीमा छ । तर कार्य क्षेत्र ललितपुर २ नम्बरमा रहेको छ । सो क्षेत्रबाट एकपटक सांसद बन्न सफल भए । अहिले पार्टीको गुट परिवर्तनमा ओलीको सहयोगी बन्न रुचाए । माधवको कमाण्डर बन्न नचाहँदा राजनीतिको सक्रियताअनुसार ठाउँ पाएका छैनन् । यस्तै हालतमा छन् मणि थापा । प्यूठानमा मणि थापाको भन्दा सूर्य थापाको बढी दबदबा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *