गठबन्धनभित्र शेखर गुट ?

सम्पादकीय

काठमाडौं । काम कुरा एकाातिर कुम्लोबोकी ठिमीतिर भनेको यही हो राजनीतिक दलहरुको चुनाव फन्डा । आफु ठूलो दल ससबै नेपाली कांग्रेसले पाउनुपर्छ तर माओवादी र समाजवादीले गठबन्धनभित्र जालझेल गरेर जान पाउँदैनन् भन्ने कांग्रेस संस्थापन र गठब्रन्धनको विरोध गरेर नेकपा एमालेका अध्यक्ष केपी ओलीको भाषणमा जाने डा.शेखर कोइरालाको हैसियत भने राम्रै पहिचान भएको छ । कांग्रेले राजधानीका नगरपालिकाहरुमा पुरानै अनुहारलाई प्रतिस्पर्धी बनाउँदा गठबन्धनबाट सहजै हात लाग्ने टोखा नगरपालिका जिल्ला, नगर, क्षेत्र र प्रदेशले समेत लिस्टमा नपारेको रजनी थापालाई मेयर, मुरारी तामाङलाई उपमेयर घोषणा गरेर माओवादी र समाजवादीलाई पछाडि राख्दा परिणाम नराम्रो देखिँदछ । जहाँ बसन्त श्रेष्ठ प्रदेश समितिको महासचिव छन् । मनिष जोशीलाई पाखा पारिएको छ ।
अघिल्लो निर्वाचनमा उपमेयरमा ५२ मतले पराजित रजनी थापाको कार्यक्षेत्र भनेकै रजनी फाउन्डेशनको नामको एनजीओ हो । त्यो संस्थाको बारेमा थापाको निवास वरपरिका मतदातालाई नै जानकारी छैन । कुनैपनि दलका उम्मेद्वार नम्र, भद्र नभए जनताले गन्दैनन् । तर कांग्रेसले गठबन्धन गनरी एक्लै हिँडाउन खोज्दा नगरपालिकाका अधिकांश वडाहरु (जहाँ हिजो आफैंले जनमत लिएको थियो) त्यो समेत गुमाउँदै छ । ३३ हजार मतदाता भएको पुराना धापासीमा बसन्त श्रेष्ठ लोकप्रिय थिए । तर त्यहाँ मात्र होइन, वडा नं. ४ मा समेत घात भएको छ । त्यसको असर मेयरकी उम्मेद्वार रजनीलाई नै पर्छ किनकि टोखा ५ कै शेखर श्रेष्ठ माओवादीबाट मेयरका उम्मेद्वार भएका छन् । त्यो क्षेत्र नेवारी समुदाय धेरै भएको ठाउँ पर्दछ ।
एमालेले प्रकाश अधिकारी र ज्ञानमायाँ डंगोललाई अगाडि सार्दा विवाद भएन । तर एमालेले वडा नं. ५ मा मदन गुरुङलाई अधयक्ष दिँदा निर्वतमा अध्यक्ष जगन्नाथ ढकाल, सदस्य चिरञ्जवी केसीहरु प्रचारप्रसारमै सहभागी भएका छैनन् । रजनी थापाको प्रचार पनि त्यस्तै छ । प्रम देउवा पत्नी डा.आरजु राणासँग सम्बन्ध भएको कारण राणाले नै प्रदेश अध्यक्ष इन्द्रै बानियाँलाई मनाएर पुराना कांग्रेसीहरुलाई पछाडि पार्दै गठबन्धनको तेजोबध गर्दा कांग्रेसलाई नमिठो नतिजा सहनुपर्ने अवस्था देखिएको छ । त्यसो त एमालेकै प्रदेश सांसद दीपक निरौलाको पहलमा आएको खानेपानी योजनाविरुद्ध कांग्रेसका सकुदेवजंग पण्डितले अख्तियारमा उजुरी दिएका छन् । उनी आफैं वडाध्यक्षका दाबेदार हुन् । वडा ५ भित्रै श्री समाजको अध्यक्ष भएर आठ वर्षसम्म साधारणसभा पनि नगर्ने, संस्थाको हिसाब किताब भद्रगोल पार्ने काम पण्डितले गर्दै आएको आरोप छ ।
बाटो पिच गरेको एकहप्ता पनि नटिक्दा विकास भयो भन्ने तिनै पण्डितले एमाले जनप्रतिनिधिकाविरुद्ध केन्द्रीत रहेर आफ्ना एजेण्डा बनाएका छन् । जुन एजेण्डाको कुनै तुकै छैन । बरु त्यहाँ माओवादी र समाजवादी मिल्नुपथ्र्याे । तर संगठन बन्दै गर्दा समाजवादीले चासो दिएन । माओवादीले मेयरमा शेखर श्रेष्ठ, उपमेयरमा यमुना पुडासैनीसहित ११ वडामा आफ्नो टिम बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *