बद्नाम सीईओलाई नबिल लैजाने तयारी

समाचार

काठमाडौं । एक जना बदनाम सिइओलाई विनोद चौधरीको बैंकमा लैजाने तयारी भइरहेको छ । विनोद चौधरीको लगानी रहेको नबिल बैंकमा बद्नाम सिइओ ज्ञानेन्द्र ढ्ुंगानालाई लैजाने तयारी भइहरेको हो । सो बैंकका सेलिब्रेटी सिइओ अनिल शाहले आगामी ७ असारदेखि घर जाँदै छन् । उनको चार बर्ष कार्यकाल सकिएर घर जाने भएसँगै अनिल पछिको नविल बैंकको सिइओको रुपमा बैंकिङ क्षेत्रमै बदनामी कमाएका ज्ञानेन्द्र ढुंगनालाई लैजाने तयारी भइरहेको हो । नबिल बैंकसँग नेपाल बंगलादेश बैंकको मर्ज गर्ने र बंगलादेश बैंकका सिइओलाई मर्ज पछिको नबिल बैंकको सिइओ बनाउने तयारी भइरहेको बैंक स्रोतले दावा गरेको छ । अहिले यही मर्जरको प्रक्रिया शुरु भएसँगै नेपाल बंगलादेशका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । समायोजनको बिषयमा कुरा नमिल्दा उनीहरु आन्दोलित भइरहेका छन ।
ज्ञानेन्द्र ढुंगना ऋृण प्रवाहदेखि तरुनी काण्डसम्मका विवादमा मुछिएका छन् । जस्तो केही अघि पार्थ इन्टरनेशनल र सिइओ ज्ञानेन्द्र ढुंगानाबीचको रहष्यमय रिलेसन बाहिरियो । धितो विनै सो कम्पनीलाई १ करोड ८९ लाख लाख धितो राखेर ज्ञानेन्द्रले सो कम्पनीलाई ९ करोड ९० लाख कर्जा प्रवाह गरेको भेटिएपछि शंकाको सुई ज्ञानेन्द्र ढुंगनातिर सोझिएकोथियो । सिइओ ज्ञानेन्द्रले एक निकटस्थलाई १ करोड ८९ लाखको धितोमा ९ करोड ९० लाख रुपैयाँ ऋण दिएको भेटिएको छ । यसरी कम धितो राखेर दशौं गुणा ऋृण प्रवाह भएको भेटिएको हो । यस्तो भेटिएपछि वैकर्स संघको निर्वतमान अध्यक्ष समेत रहेका ज्ञानेन्द्र ढुंगनालाई केही दिन अघि स्पष्टीकरण सोधेर छोडियो । बिराटनगर वाणिज्य कार्यालयमा दर्ता गरिएको पार्थ इन्टरनेशनल नामक कम्पनीलाई दिइएको कर्जा प्रकरणमा ढुंगना डामिएका हुन् । विराटगरमा रहेको उद्योग हो पार्थ इन्टरनेशनल । सोही कम्पनीका मालिक तथा सञ्चालक रहेकी छिन् रेशु अग्रवाल । अग्रवालको यो कम्पनीलाई बंगलादेश बैंकले ९ करोड ९० लाख कर्जा प्रवाह गरेको थियो । सोही प्रकरणमा ज्ञानेन्द्र मुछिएका हुन । यस्का अलवा ज्ञानेन्द्र धेरै वटा कर्जा प्रवाहमा मु्छिएर बदनामी कमाएका सिइओ हुन । उनै ज्ञानेन्द्र जस्ता बैंक क्षेत्रका बदनाम सिइओलाई विनोद चौधरीले आफ्ना बैंकमा सिइओ बनाएर लैजान खोजिरहेका हुन ।
नबिल बैंक र एनबी बैंकबीच गाम्ने बिषयमा फागुन २९ मै सहमती भइसकेको छ । ५ महिनाभित्र एक्विजिसनसक्ने गरी यो प्रक्रियामा नबिल बैंकका तर्फबाट अर्काे बदनामी कमाएका संयोजक उदयकृष्ण उपाध्याय र बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए । नबिल बैंकमा एनबी बैंक गाभिएपछि यो बैंकको पूँजी ३ खर्ब १८ अर्ब पुग्नेछ भने कर्जा ३ खर्ब १ अर्ब पुग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *