आफ्नै वडा पनि जोगाउन सकेनन् देउवाले, बिद्रोही उम्मेदवार विजयी

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहनगर रहेको डडेलधुराको गन्याधुरा गाउँपालिका वडा नं। १ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा कांग्रेस पराजीत भएको छ । उक्त वडामा नेपाली कांग्रेसबाट बिद्रोह गरेका उम्मेदवारले जितेका हुन् ।

देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन् ।

उनले ६७३ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका।

उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *