ललितपुर महानगरपालिकामा चिरिबाबुले लिए फराकिलो अग्रता

राजनीति समाचार

ललितपुर । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका चिरिबाबु महर्जनले मतान्तरको अग्रता फराकिलो बनाउदै लगेका छन् । हालसम्म २ सय मतपत्रको गणना गर्दा महर्जनले १ सय १० मत पाएका छन् ।

ललितपुरमा प्रतिपक्षी दल नेकपा ९एमाले०का हरिकृष्ण व्यञ्जनकारले ४७ मत पाएका छन् ।

उपमेयरमा भने एमाले ६४ मतसहित अघि रहेको छ । माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् । २०० मतमध्ये ३ मत बदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *