ललितपुर महानगरपालिका मत अपडेट : ५० प्रतिशतभन्दा बढी मतका साथ महर्जन अगाडि

राजनीति समाचार

ललितपुर । स्थानीय निकायको निर्वाचन अन्तर्गत ललितपुर महानगरपालिकाको पछिल्लो अपडेट सार्वजनिक भएको छ । हालसम्म एक हजार ७२६ मतपत्र गनेर सकिदा ५० प्रतिशतभन्दा बढी मत नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरिबाबु महर्जनले ल्याएका छन् ।

महर्जनले अहिलेसम्म ८७७ मत पाएका छन् भने नेकपा ९एमाले०का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४०० मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

महानगरको उपप्रमुख पदमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ४४४ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उमदेवार बाबुराम बज्राचार्यले १८१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *