शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित

राजनीति समाचार

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण ९बाबुराम० दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । दङ्गाले ६७४ र श्रेष्ठले ७०५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दङ्गालको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो । वडा सदस्यमा भने समाजवादीको समूह नै निर्वाचित भएको छ ।

कांग्रेसको प्यानल विजयी
यसैगरी नगरपालिका–९ मा भने वडा अध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका सहदेव श्रेष्ठले ७०५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४३३ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगर प्रमुखमा भने एक हजार २४८ मतका साथ एमालेका कृष्णलाल बजगाइँले अग्रता कायम गर्नुभएको छ । उहाँलाई पच्छ्याउँदै नेकपा ९एकीकृत समाजवादी०का लक्ष्मीप्रसाद ९एलपी० श्रेष्ठले एक हजार १९१ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापितले एक हजार ८९ मत पाउनुभएको छ । नगरपालिकामा कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० ले गठबन्धन गरेका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठले एक हजार ५९४ मत पाउनुभएको छ । उहाँकी प्रतिष्पर्धी एमालेकी लक्ष्मी केसीले ९५७ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल वडा नं। २ र ८ को मतगणना भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *