काठमाडौं । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।
निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट ९कलेल० ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा ९एमाले० की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गर्नुभएको छ । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा ९एकीकृत समाजवादी० का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी नेकपा ९माओवादी केन्द्र० की देवीसरा घर्तीले ८३२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा ९माओवादी केन्द्र० का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा ९एमाले० का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी हुनुभएको छ ।