शुक्लाफाँटामा नेकपा माओवादी केन्द्र को अग्रता कायमै

राजनीति समाचार

काठमाडौं । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा ९माओवादी केन्द्र०को अग्रता कायमै छ ।

दुई हजार ३४८ मतगणना हँुदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रणबहादुर महराले ६६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली कांग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गर्नुभएको छ । वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा ९एकीकृत समाजवादी०का हरिश विष्टले ३८४ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *