मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

राजनीति समाचार

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गर्नुभएको थियो भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गर्नुभएको थियो ।

यस गाउँपालिकाको पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुईवटा वडामा मात्र जित हात पार्न सफल भयो ।

त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा ९माओवादी केन्द्र०का बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्नुभएको हो । लामाले पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी हुनुभयो भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा नेकपा९एमाले० की पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *