सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

समाचार

काठमाडौं । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ आज विहान ०७।३० बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उहाँ पहिलो अधिवक्ता हुनुहुन्छ । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उहाँले सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

नेपाल बार एसोसिएसनको लोगो अङ्कित झण्डासहित भुसाल वैशाख २ गते सगरमाथा आरोहणमा जानु भएको थियो । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानूनमा स्नातकोत्तर उहाँले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थामा कानुनविद्को रुपमा कार्य गर्दै आउनुभएको छ ।

अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डा प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आउनुभएको छ । भुसालकी छोरी डा प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *