मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

राजनीति समाचार

काठमाडौं । जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी हुनुभएको छ ।

यस गाउँपालिकामा अध्यक्षका उम्मेदबार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी हुनुभयो भने नेकपा ९एमाले०, नेपाली कांग्रेस र नेकपा ९एकीकृति समाजवादी० का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत प्राप्त गर्नुभयो ।
त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार रोकायाले १ हजार ३३६ मत ल्याएर विजयी हुनुभयो भने नेकपा एमालेकी उम्मेदवार सविता कुमारी रोकायले १ हजार १६५ मत प्राप्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *