पाल्पाको रैनादेवी छहरामा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

राजनीति समाचार

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले छ हजार ६४३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले छ हजार १४५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले छ हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले पाँच हजार ७६१ मत प्राप्त गर्नुभएको छ ।

आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए । यस्तै नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ २०७४ को निर्वाचनमा कांग्रेस छ वडामा विजयी भएकोे थियो भने माओवादी र एमाले एक÷एक वडामा विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *